बीरगञ्जमा खुल्यो डाक्टर र नर्सको जागीर, आर्थिक चलखेल गर्ने दाउमा मेसु उपाध्याय
नेपालबहस संवाददाता
असार ३, २०७७ बिहिबार १:१४:५८
३ असार, वीरगंज । वीरगंजको नारायणी अस्पतालले विभिन्न २७ पदका लागि ५८ जना कर्मचारी भर्ना गर्न फेरि सूचना निकालेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्याय वीरगंजबाट सरुवा भएर जानै लाग्दा अस्पतालमा कर्मचारी भर्ना गरेर जान लागेका हुन् ।
कर्मचारी भर्नाका बेला आर्थिक चलखेल गर्न सकिने भन्दै सुपरिटेण्डेण्ड उपाध्यायले पहिला स्थगित भएको भर्ना फेरि आह्वान गरेको अस्पतालका चिकित्सकहरु बताउँछन् । गएको चैत ५ गते भर्नाका लागि आह्वान गरेको भएपनि विश्वभरी फैलिएको कोभिडका कारण स्थगित भएको थियो ।
अहिले जसरी भएपनि अस्पतालमा कर्मचारी भर्ना गरेर आर्थिक लाभ लिएरै जाने दाउमा मेसु उपाध्याय देखिएका छन् । विगतका मेसुहरुले पनि आर्थिक चलखेलका आधारमा अस्पतालमा कर्मचारी भर्ना गर्दै आएका थिए । अस्पताललाई कमाई गर्ने थलो बनाइएका बेला डा.मदन उपाध्याय आएपछि केही परिवर्तन होला भन्ने आशा गरिएको भए पनि जाने बेलामा फेरि त्यही ताल देखाइदिएका छन् ।
यस अघिका मेसुले अस्पतालमा आर्थिक अनियमितता गरेको अभियोगमा अहिले पनि अख्तियारको मुद्धा झेलिरहेका छन् । यता मेसु उपाध्यायले कर्मचारीलाई नियुक्ति दिन उनीहरुसँग आर्थिक संकलनका लागि अस्पतालकै एकजना चिकित्सकलाई जिम्मा लगाएको स्रोतको दावी छ । एक जनाबाट कम्तिमा पनि २ देखि ३ लाख रुपैयाँसम्म लिएर नियुक्ति दिन खोजिएको मेसु निकट स्रोतले जनाएको छ ।
वीरगंजमा कोविड संक्रमित फेला परेपछि उनीहरुको व्यवस्थापन र उपचारमा उल्लेख्य भुमिका निर्वाह गर्दा अस्पताल सुधारका लागि पनि मेसु उपाध्यायले राम्रै काम गर्लान भन्ने सोच राखेका वीरगंजवासी अहिले कर्मचारी भर्नाका बेला भने उनले आर्थिक चलखेल गर्न खोज्दा आश्चर्यमा परेका छन् । कोविड संक्रमितको उपचारका लागि नारायणीकै शाखाको रुपमा बनाइएको गण्डक अस्पतालमा खटिएका सिंह थर भएका एकजना चिकित्सकलाई मेसु उपाध्यायले भर्ना हुन आउनेहरुसँग आर्थिक संकलनको जिम्मेवारी दिएको बुझिएको छ ।
अस्पतालले फिजिसियन, रेडियोलोजिष्ट, साईक्याट्रिष्ट, प्याथोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत रिक्त रहेका विभिन्न २७ पदमा कर्मचारी भर्नाका लागि फेरि सूचना प्रकाशित गरेको हो । अस्पतालले सबैभन्दा धेरै स्टाफ नर्स १८ जना, मेडिकल अधिकृत ८ जना, अनमी ४ जना माग गरेको छ । यसअघि पनि अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टको सिफारिसमा नै कर्मचारी नियुक्त गर्ने गरिएको थियो ।
अहिले पनि मेसु उपाध्यायले आर्थिक चलखेलको आधारमा आफ्नो सिफारिसमा नै कर्मचारी नियुक्त गर्न खोजेका हुन् ।मौखिक परीक्षाकै आधारमा कर्मचारी भर्ना गर्न खोजेको भन्दै मेसु उपाध्यायको गतिविधिको अस्पतालकै कर्मचारीले यसको विरोध गर्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार