नेपाली सेनाको उच्च अधिकृत तहको बैठक सैनिक मुख्यालमा सुरु
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १८:४६:४०
५ असार, काठमाडाैं । काेराेना महामारी लगायत मुलुकमा हिंसाको राजनीति बढ्न सक्ने चुनौतीबारे गम्भीर बहस गर्न नेपाली सेनाको उच्च अधिकृत तहको तीन दिने बैठक शुक्रबारदेखि सैनिक मुख्यालयमा सुरु भएको छ ।
प्रधान सेनापति पूर्णचन्द्र थापाद्वारा शुक्रबार बिहान उद्घाटित सम्मेलनमा सहायक रथी, उपरथी, रथी निर्देशक, पृतनापति सामेल छन् । छोटो सूचनामा बोलाइएको उक्त सम्मेलनमा प्रधान सेनापति थापाले कोभिड–१९ बाट उत्पन्न परिस्थिति, त्यसको नियन्त्रणमा संवैधानिक हिसाबले सेनाको संलग्नता सँगै मुलुकमा विप्लव माओवादीद्वारा हिंसाका गतिविधि बढाइने तयारी भइरहेको सूचना पनि वरिष्ठ सुरक्षा अधिकारीहरु समक्ष राखेका थिए ।
सम्मेलनका क्रममा प्रधान सेनापतिले उठाएका विषयहरुमा छलफल हुने र सम्भावित कारबाही ‘एक्सन प्लान’का लागि ‘इनपुट’का रुपमा सरकारलाई बुझाइने बताइएकाे छ । प्रधान सेनापति थापाले नेपाली सेना आन्तरिक भ्रष्टाचारविरुद्धमा लाग्दै सरकारले संवैधानिक तरिकाबाट दिएको निर्देशन अनुसार कोभिड १९ बाट उत्पन्न परिस्थितिको नियन्त्रण र आवश्यक सामग्री खरिदमा लागेको तर सेनाविरुद्ध भ्रष्टाचार र अनियमितताका ‘नियोजित’ आरोप लागेता पनि यसबाट विचलित नभई आफ्नो राष्ट्रधर्म र संवैधानिक दायीत्व पूरा गर्न पछि नपर्ने बताएका छन।
काेराेना महामारीको अवस्थामा विदेशबाट खासगरी युवाहरु लगायत ठूलो संख्यामा नेपालीहरु भित्रिने र बेरोजगारी लगायतका समस्याबाट उनीहरु निराश हुँदा उत्पन्न हुन सक्ने परिस्थिति पनि भोलि मुलुकको गम्भीर चुनौती बन्न सक्नेतर्फ उनले संकेत गरे ।
यी सबै परिस्थितिबाट फाइदा उठाउन केही शक्ति लाग्न सक्ने भन्दै प्रधान सेनापति थापाले त्यसका लागि पूर्व तयारी गर्नुपर्ने बारे पनि यो सम्मेलनमा छलफल हुनुपर्ने बताए । प्रधान सेनापति थापा कालापानी नजिकको छाङरुमा हालै स्थापित सशस्त्र प्रहरीको ‘सेक्युरिटी पोष्ट’ सहित सुदूरपश्चिम पृतनाको निरीक्षण गरी बिहीबार मात्र राजधानी फर्केका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार