रोगसँग होइन, नौटंकी सरकारसँग मुकाविला
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १७:२८:७
♦ यज्ञप्रसाद भट्टराई
७ असार, काठमाडाैं । २०५१ सालको एमाले र २०७७ सालको नेकपामा पात्र, व्यक्ति, सोच, संस्कार, चरित्र सबै उही छ । नेतृत्वको उमेर मात्र फरक छ । २०४६ सालमा देखिएका युवा नेताहरु २०७७ सम्म आईपुग्दा पनि नेतृत्वमा भने युवा नै रहेका छन् । तर, उनीहरुमा उमेरसँगै बढेर जाने चाहना र सोच भने फरक भएको छ । व्यक्तिको बुढ्यौलिपन सँगै देखिने लोभ र आशक्ति फरक देखिएको छ । जसले सिंगो मुलुकको विकास गर्छु भनेर राजनीतिमा होमियो, उसको सारा सपना र विकासका योजना जम्मा दुईचार वटा राजधानीमा घर घडेरी जोडेरै सिद्धियो ।
जनताको बलिदानीपूर्ण राजनैतिक परिवर्तनलाई क्यान्टोन्मेन्टमा जिउँदा नेपाली नागरिकलाई संख्या गनेर नागरिक बेच्ने दलालहरुका भिखारी मानसिकता देख्दा हरेक नेपालीको जिउँदो रगत अहिले पनि उम्लन्छ । राजनीतिमा आर्थिक दरिद्रताको यस्तो पराकाष्टाले अहिले पनि सिंगो मुलुकको विकासमा तगारो हालेर बसेको छ । जनता क्वारेन्टाईनमा पानी खान नपाएर रुदैंछ, यता देशका प्रधानमन्त्रीको बेसारे वक्तव्यबाजीले जनतालाई गीत गाउन र जग हसाउँनमै व्यस्त छन् । हाछ्यिूँ गर्दा कारोना सर्छ भनेर सबैलाई माक्स लगाउन अनुरोध गर्ने औषधि विज्ञान र विश्व स्वास्थ्य संगठनलाई समेत ठाडै चुनौति दिदै हाँछियूँ साँछियूँ गरेर तातोपानी र बेसार खाए पछि कोरोना चट पार्ने नेपालका आयुर्बेदाचार्य प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय जगतबाट चाँडै अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञान पुरस्कार उपलब्ध गराउनु नितान्त आवश्यक भएको छैन र ??
२०४८ सालताका १८-२० को लक्का जवान ठिटो सिंगो गरिबी र सर्वहारा वर्गको मुक्ति गर्छु भनेर एमाले बनेको युवा पनि अहिले झण्डै ५० बर्षको हाराहारीमा पुगेको छ । विचराले गाउँमा गरिब, दलित, दिनदुःखीको पार्टी भनेकै नेकपा एमाले पार्टी हो अरु सबै साम्राज्यवादी र बिस्तारवादी पार्टी मात्र हुन भनेर नागरिकलाई सच्चा राष्ट्रवादी पार्टीको सदस्य बनाएका व्यक्तिहरु अहिले पनि गाउँमा एमाले नै छन् । तिनलाई एमाले, माओवादी केन्द्र एक आपसमा मिलेर तिनका महान क्रान्तिकारी नेताहरुले कतिवटा पार्टीमा छलाङ्ग मारिसके ? कति आप्mनै नेतालाई त्रिशुली तिर झारिसके, कत्तिलाई पार्टीभित्रै उत्तानो टाङ्ग पारिसके, कतिलाई भनेको मान्दैनस् भनेर अगाडिका दाँत नै झारिसके, कति नेपाली सीमाना थाहै नपाई विदेशीको पोल्टामा पारिसके, कति नेपाली नदीनाला अर्कैको देशतिर सारिसके, भन्ने कुराको सुईकोसम्म छैन । यस्तो राष्ट्रवादी पार्टीले र यसका देशप्रेमी नेताले यस्तोसम्म गर्छन् ? भनेर भन्न पनि त भएन ।
एमाले पोईल गएको छ, माओवादी केन्द्रले बन्ध्याकरण गरेको छ । पोईल गएको एमालेले नेकपा भन्ने नयाँ श्रीमान पाएको छ । बन्ध्याकरण गरेको माओवादी केन्द्रले भने अझैसम्म पनि बिउको रुपमा विकासे साँढे लगाउने र सन्तान जन्माउने व्यग्रताका साथ अभियान चलाई रहेको र सन्तान प्राप्तिको प्रतिक्षा गरिरहेको छ । खालखालका साँढे लगाएर जन्मिने सन्तान कतै झड्केलो त जन्मिने हैन ? भनेर कसैकसैलाई चिन्तासमेत बढेको छ । आम नेपाली नागरिकहरुलाई भने यस्ता बहुरुपीहरुलाई अब सदाका लागि मिल्क्याएर नयाँ नेतृत्व ल्याउने र देश विकासका लागि देशमा राजनैतिक परिवर्तन गराउने इच्छा जागेको छ । समय समयका डाक्टर र बैद्यका कुरा सुनेर नागरिकमा रोगसँग हैन यो नौटंगी सरकारसँग पहिला लडनु पर्छ भन्ने भावना जागेको छ ।
०५१ मा मनमोहन अधिकारी थिए, एमालेलाई चिनाए । ०७७ मा ओलीहरु छन् जसले एमाले सिध्याए । नेकपालाई गन्हाउने मलखाडी बनाए । जनताको भावना र चाहनाको बेवास्ता गर्दै कतिले राजनीतिलाई दुर्गन्धित पार्दै सप्तकोशीमा ढल मिसाए, जनतालाई तातो मुतको न्यानोमा सुताए । कहाँ–कहाँ कमिशन र भ्रष्टाचार गर्ने छिद्रहरु छन् ? त्यहाँत्यहाँ आप्mना सेटिङ्गका मान्छेहरुलाई छिराए । कतिलाई पाथीभरातिर सेलाए, कति धर्मपुत्रका नाममा अहिले पनि डकार आउञ्जेल घिचिरहेका छन्, कति खान नपाएर मरिच चाउरिएझै चाउरिएर बसिरहेका छन् । तेल र पानी एकै ठाउँमा भए पनि पिना बनेर बाहिर फालिएका केहि मिश्रित तत्वहरु भने सडकमा रोईलो गरिरहेका छन् ।
अहिले एमाले पोईल गएको छ, माओवादी केन्द्रले बन्ध्याकरण गरेको छ । पोईल गएको एमालेले नेकपा भन्ने नयाँ श्रीमान पाएको छ । बन्ध्याकरण गरेको माओवादी केन्द्रले भने अझैसम्म पनि बिउको रुपमा विकासे साँढे लगाउने र सन्तान जन्माउने व्यग्रताका साथ अभियान चलाई रहेको र सन्तान प्राप्तिको प्रतिक्षा गरिरहेको छ । खालखालका साँढे लगाएर जन्मिने सन्तान कतै झड्केलो त जन्मिने हैन ? भनेर कसैकसैलाई चिन्तासमेत बढेको छ । आम नेपाली नागरिकहरुलाई भने यस्ता बहुरुपीहरुलाई अब सदाका लागि मिल्क्याएर नयाँ नेतृत्व ल्याउने र देश विकासका लागि देशमा राजनैतिक परिवर्तन गराउने इच्छा जागेको छ । समय समयका डाक्टर र बैद्यका कुरा सुनेर नागरिकमा रोगसँग हैन यो नौटंगी सरकारसँग पहिला लडनु पर्छ भन्ने भावना जागेको छ । त्यहि भएर त यो कोरोना रोगको यस्तो माहामारीमा पनि रोग र आप्mनो ज्यानकोसमेत कुनै पर्वाह नगरी स्वतस्फुर्त रुपमा यो मुलुकको राजनैतिक परिवर्तनका लागि केही गर्ने अथवा आन्दोलनमा सहभागी भएर देशकै लागि मर्नेसम्मको प्रण गरेर शिरमा कफन बाँधेर सडकमा आन्दोलनका लागि उत्रिएका छन् ।
बुढो गोरु भए मेलो चल्दैन, नेता बुढो भए देश बन्दैन भन्ने नेपाली भनाई((उक्ती)लाई हाम्रो देशमा रहेको सरकार र यो सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको भनाई र काम गराइले ठ्याक्कै मिल्न गएको देखिन्छ । देशले रोगी र भोगी नेता, तिनै नेताका सालासाली, घरबाली, बहारवाली, मितकी मातादेखि सुतेको नातासम्मका सबैलाई स्याहार्नु पर्ने, कसैका सालालाई कसैका छोरीलाई जसरी भए पनि मेयर बनाउँनै पर्ने, कसैका बुहारीलाई मन्त्री, घरभेटीलाई ठेक्का नदिए मिसिएको खोल्सोले बाटो बिराउला भन्ने पिर एकातिर, अर्कोतिर देशै टाट पल्टाउने खर्च मन्त्रीदेखि कमिशनले नअघाउने खुस्केट मन्त्रीसम्मलाई स्याहार्नु पर्दा आफै थला परेको बुढो नेतृत्वले मेलो छोडने हो या मेलोमै बस्ने हो ? भन्ने चिन्ता बढेको छ । कसैलाई ठेक्का पक्का, कसैलाई कमिशन क्वाप्प ।
अहिलेका खान नपाएका ब्वाँसाहरुले सरकारी ढुकुटी सबैं स्वाहा पारि सके । जनताका तमाम समस्यामा भने सरकार जहिले पनि ट्वाँ ? भए पछि बुढो रुखको फेदमा बस्दा शितल देला हैन हावाको सानो झोक्काले पिरिक्क भाँचिदियो भने किचेर मार्ला भन्ने पिरले सबै नेपालीहरुलाई पिरोली रहेको छ । यस्तो अवस्थामा बुढो रुखको दीर्घकालिन व्यवस्थापनका विषयमा अहिले बहस–पैरबी चलाई रहेका छन् । कुनै पनि बेला हातमा बन्चरो र साथमा डोरी बोकेर जनता बाहिर आए बुढो रुखको आयु सोहि दिन समाप्त हुने निश्चित छ । बुढो रुखको व्यवस्थापन पछि मात्रै साना बिरुवाले हुर्कने, बढने, फुल्ने, फल्ने मौका पाउने निश्चित छ । त्यो दिन अवश्य आउनेछ । जनताले आफु नागरिक भएको अनुभुती गर्न पाउनेछ । निमुखाले न्याय र अपराधीले सजाय पाउनेछ । देशको नेतृत्वले बालुवाटारबाट निस्किएर कहिले कालीकोट र कहिले जाजरकोटका जनताको समस्या बुझ्न पाउनेछ । त्यसबेला सबै तिर हरियाली छाउनेछ । कोईलीले मिठो गीत गाउँनेछ । सारंगी र मुर्चुंगाले मिठो प्रित लाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार