सूक्ष्म अध्ययन गरी रणनीति तयार गर्नुस् : प्रधानसेनापति थापा
नेपालबहस संवाददाता
असार ७, २०७७ सोमबार २:३३:२
७ असार, काठमाडौं । नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले काेराेना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ । उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा कोभिड– १९ ले खडा गरेको सुरक्षा चुनौतीबारेमा गहन र विस्तृत ढङ्गबाट प्रस्तुतीकरण भएको थियो ।
मुलुकको समग्र सुरक्षाको स्थितिका विषयमा समीक्षा गरिएको उक्त बैठकमा भविष्यमा आउनसक्ने परिस्थितिजन्य विषय र चुनौतिकाबारे पनि गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जानकारी दिएको छ ।
दुईदिने बैठक समापनका अवसरमा आज प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षा वातावरणले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकूल असरको सूक्ष्म अध्ययन र विश्लेषण गरी विकसित परिस्थितिमा स्पष्ट अवधारणा, रणनीति र कार्ययोजना तयार गर्न निर्देशन दिए ।
उनले भने, “नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदा झैँ प्रतिबद्ध छ ।” पद्धति र प्रणालीमा आधारित सङ्गठन निर्माणमा सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर काम गर्न निर्देशन दिँदँ प्रधानसेनापति थापाले साङ्गठानिकहित र राष्ट्रिय स्वार्थका लागि अविचलित भएर कर्तव्यपथमा लाग्न सुझाव दिए ।
बैठकमा पिएसओज, आठवटै पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपति सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु
मंसिर १९, २०८१ बुधबार