गाउँपालिकाले बजेट ल्याउँदा कांग्रेस जनप्रतिनिधिलाई अपमान
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार १:५४:३५
११ असार, नुवाकाेट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले बजेट ल्याउँदा नेपाली काग्रेसलाई अपमान गरेको नुवाकाेट सभापति जगदिशनरसिंह केसीले आरोप लगाएका छन ।
गाउँपालिकका अध्यक्ष, उपाध्यक्षले एकलौटी रूपमा बजेट बनाएको, कांग्रेसका जनप्रतिनिधिका सुझाव बेवास्ता गरेको, अपारदर्शी रुपमा बजेट विनियोजन गरेको कांग्रेस सभापति केसीको दाबी छ । गाउँपालिकका अध्यक्ष, उपाध्यक्षले एकलौटी रूपमा बजेट बनाउँदै मनोमानी तथा अपारदर्शी तरिकाले खर्च गर्दै आएकाेमा आइन्दा जनताको करबाट सङ्कलन भएको रकम जनताको हितमा पारदर्शी रूपबाट विनियोजन गर्न वडाध्यक्षहरूले दिएको सुझावलाई निरन्तर लत्याई गाउँपालिकाको कोषलाई नेकपाको पार्टीगत सम्पत्ति जसरी मनलाग्दी निर्णय गरी बाँड्ने, गाउँसभा जस्तो महत्वपूर्ण फोरममा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई अपमानित गर्ने कार्यको हाम्रा साथीहरूले जसरी डटेर प्रतिवाद गर्नुभयो, म त्यसको प्रशंसा गर्दछु र आउँदा दिनमा पनि भ्रष्टाचार, अनियमितता र बेथितिको यसैगरी निर्भिकतापूर्वक विरोध गरिरहन सभापति केसीले आग्रह गरेका छन् ।
साथै बजेट ल्याउने क्रममा कांग्रेस र नेकपाका नेता तथा कार्यकर्ताबीच झडप भएको विषयमा उनले दुःख व्यक्त गरेका छन । नेकपा नेताहरुको मनोमानीविरुद्ध प्रतिवादमा उत्रिदा पत्रकार र केही सञ्चारसामग्रीमा पुगेको क्षतिप्रति पनि उनले दुःख व्यक्त गरेका छन । गाउँपालिकाको अन्याय र बेथितिको विरोध गर्ने क्रममा सञ्चारकर्मीमाथि पर्न गएको असहज अवस्था र सञ्चार सामग्रीमा पुग्न गएको क्षतिप्रति दुःख व्यक्त गर्दै सभापति केसीले नेपाली कांग्रेस र यसका कुनैपनि नेता कार्यकर्ता लोकतन्त्रको प्राणका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि अनुदार रहन नसक्ने बताएका छन् ।
उनले तारकेश्वरको घटना पनि प्रेसमाथि नेपाली कांग्रेसका वडाध्यक्षहरूको दुर्व्यवहार नभई गाउँपालिकाको अकर्मण्यताको विरोधको क्रममा भएको दुर्घटना हो र, यसको जिम्मेवार प्रेस र हाम्रा वडाध्यक्ष साथीहरू नभई गाउँपालिकका अध्यक्ष र उपाध्यक्ष नै हुन् र सञ्चार सामग्रीमा पुगेको क्षतिको क्षतिपूर्ति पनि उनीहरूले नै व्यहोर्नु पर्ने केसीकाे माग छ ।
निष्पक्ष पत्रकारिताको माध्यमबाट स्वतन्त्र पत्रकारिताको आत्मा जोगाउँदै अघि बढ्न प्रेस जगतलाई र स्वतन्त्र प्रेसको सम्मान गर्दै भ्रष्टाचार र बेथितिका विरुध्द यसैगरी डटेर विरोध गरिरहन कांग्रेससम्बध्द जनप्रतिनिधिहरूलाई पुनः आग्रह गर्दै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका कारण सिर्जित घटनाको जिम्मेवारी लिँदै सञ्चार सामग्रीमा पुगेको क्षतिको तत्काल क्षतिपूर्ति व्यवस्था गर्न सम्बन्धित अध्यक्ष, उपाध्यक्षसँग केसीले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने
बैशाख ३०, २०८१ आइतबार
महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार