देशभरका सक्रिय नाट्य संस्थाहरुद्वारा नाट्य प्रज्ञा प्रतिष्ठानलाई ध्यानाकर्षण पत्र
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १९:५५:९
१२ असार, काठमाडौं । कोरोना भाइरसका कारण कला साहित्यको क्षेत्रमा रङ्गमञ्च सबैभन्दा बढी प्रभावित भएको भन्दै विभिन्न मागसहित नेपालका सक्रिय नाट्य संस्थाहरूले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाली रङ्गमञ्च सदैव अभिभावकत्वविहीन अवस्थाबाट गुज्रिरहेको सन्दर्भ केलाउँदै प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रहसहित देशभरका नाट्य संस्थाहरूको अगुवाईमा ९ बुँदे मागसहित संयुक्त ध्यानाकर्षण पत्र उपकुलपति हरिहर शर्मासमक्ष बुझाइएको हो ।
ध्यानाकर्षण पत्रमा यो महामारीको समयमा स्वतन्त्र नाट्य संस्थाहरूले नेपाली रङ्गमञ्चको प्राप्ति जोगाउन अनेकन प्रयास गरिरहे पनि सरकारको कानुनी रुपमै गठन हुने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बेवास्ता गरेको गुनासो समेत गरिएको छ । वर्तमान समयमा रङ्गकर्मीहरू संकटबाट गुज्रिरहेकाले पलायन हुने अवस्थामा समेत पुग्दै गरेको उल्लेख गर्दै तत्काल यसतर्फ सचेत हुन प्रतिष्ठानलाई रङ्गकर्मीहरूले आग्रह गरेका छन् ।
नेपालभरका ५० भन्दा बढी सक्रिय नाट्य संस्थाको संयुक्त ध्यानाकर्षण पत्रमा तत्काल राहतमुखी र सिर्जनात्मक कार्यक्रमको पहल गर्न, देशभरका रङ्गकर्मीहरुको तथ्यांक राख्न, स्वतन्त्र रङ्गकर्मीको पक्षमा नीति तथा कार्यक्रम ल्याउन, बजेटमा स्वतन्त्र रङ्गकर्मीप्रति सम्बोधन गर्न पहल गर्न, स्थानीय तहसम्म रङ्गमञ्चको स्पष्ट भूमिका कायम राख्न माग गरिएको छ ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै उपकुलपति हरिहर शर्माले आफ्नो समयदेखि नै नेपाली रङ्गमञ्चले यस्ता विविध समस्या भोग्दै आए पनि अहिलेसम्म समस्या समाधान र सम्बोधन हुन नसकेको स्वीकार्दै ध्यानकर्षण पत्रको स्वागत गरेका छन् । शर्माले यो महामारीबाट रङ्गकर्मीहरू निकै प्रभावित भएको भन्दै यसको समाधानको उपाय खोजी भइरहेको बताए । ध्यानाकर्षण पत्रका बुँदाहरू अध्ययन गरी पहलको थालनी गर्ने पनि आश्वासन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार