कोरोना कहरमा सुविधासम्पन्न गाडी खरिद गर्दै सेना, आखिर के का लागि ?
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १७:४४:३१
१४ असार, काठमाडौं । नेपाली सेनाले आफ्नो सुरक्षा तथा व्यवस्थापनका लागि १८ करोड रुपैयाँ बराबरको गाडी खरिद गर्ने भएको छ । ‘अपरेशनल भेइकल’ नाम दिइएको परियोजना अन्तर्गत जंगीअड्डाका सैन्य अधिकृतले सुविधासम्पन्न गाडी खरिद गर्न लागेका हुन ।
सेनाले ‘डबल क्याब पिकअप’ तराई र पहाडका लागि पाँच पाँच वटा गरेर १० वटा खरिद गर्दैछ । सेनाले जम्मा ३० वटा पीकअप खरिद गर्नुपर्ने माग गरेको थियो । सेनाले ‘सी’ क्याटेगोरीको एम्बुलेन्स पनि एउटा खरिद गर्दैछ । सेनाले ५ वटा माग गरेको थियो ।
भीआईपी र भीभीआईपीका लागि ‘ए’ क्याटेगोरीको एम्बुलेन्स पनि खरिद गरिँदैछ । यो राष्ट्रपति, प्रधानमन्त्री लगायतको सवारीका बेला प्रयोग हुनेछ । यसमा भेन्टिलेटरसहितको सुविधा हुने सेनाले तयार गरेको प्राविधिक विशेषता सूचीमा उल्लेख छ ।
नेपाली सेनाको एउटा टोली गत मंसिरदेखि युरेनियम रहेको भनिएको मुस्ताङको थुलुङफाँटमा खटिएको छ । उक्त टोलीका लागि एउटा माउन्टेन जीप खरिद गरिँदैछ । हार्ड टप जीप पनि ५ वटा खरिद गर्ने सेनाको तयारी छ । जंगीअड्डाले १५ वटा खरिद गर्न माग गरे पनि ५ वटा मात्र स्वीकृत भएको हो । त्यही क्षेत्रका लागि ५ वटा मोटरसाइकल पनि खरिद गरिँदैछ । सेनाले विभिन्न क्षेत्रका लागि ३० वटा साइकल र ४ वटा ट्याक्टर पनि खरिद गर्दैछ । जंगीअड्डाका लागि २० र ५ टन सामान उठाउने फोर–क्लिफ एकरएक वटा खरिद गरिँदैछ । जंगीअड्डाकै लागि वर्कसप भ्यान एउटा खरिद गरिँदैछ ।
सेनाले ४० जना अट्ने क्षमता भएको २ वटा बससमेत माग गरे पनि स्वीकृत भएन । सेनाको वेयर हाउसका लागि ६ वटा ‘इलेक्ट्रिक कार्ट’ पनि खरिद गर्दैछ । सेनाले तीन वटा किचन मोबाइल भ्यान खरिद गर्न पनि माग गरेको थियो । तर, दुई वटा मात्र स्वीकृत भएको छ । यस्तै सेनाले प्रकोपमा प्रयोग हुने तीन वटा साधन खरिद गर्दैछ । जंगीअड्डाका अनुसार आगलागी नियन्त्रणमा प्रयोग हुने ‘रेस्क्यू ल्याडर’ र कम्प्याक्ट फायर इञ्जिन दमकल खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । आगलागी नियन्त्रणकै लागि एउटा ‘अल्ट्रा हाइ प्रेसर सिस्टम’ पनि खरिद गरिँदैछ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सबै सवारीसाधन दैनिक क्रियाकलापमा अत्यावश्यक भएरै खरिद गर्ने प्रक्रिया थालिएको जानकारी दिएका छन । सेना पछिल्लो समय व्यवसायिक बन्न छाडेर व्यापारिक बनेको भन्दै आलोचना पनि बढेको छ ।केही गाडी तथा सवारी खरिद गरेर सेनाले आफूलाई मजबुत बनाउने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार