कारभित्रै यौन सम्पर्क गरेको भिडिओ भाइरल भएपछि दुई कर्मचारीकाे जागिर चट् !
नेपालबहस संवाददाता
असार २०, २०७७ शनिबार २१:२८:५
२० असार, एजेन्सी । यौन उत्तेजनाले मानिसलाई कतिसम्म गराउँछ भन्ने उदाहरण हालै इजरायलमा घटेको एउटा घट्नाले उजागर गरेको छ । संयुक्त राष्ट्र संघका दुई कर्मचारीले कारभित्रै यौन सम्पर्क गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरुको जागिर चट् भएको खबर छ ।
तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्र संघको चिह्न अङ्कित गाडीभित्र महिला पुरुषको यौनिक क्रियाकलाप खिचिएको भिडियो केही दिन अघि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ ।
अठार सेकन्ड लामो उक्त भिडिओ गत महिना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि राष्ट्र संघले त्यसबारे अनुसन्धान सुरु गरेको छ। राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताएका छन् ।
राष्ट्र संघका अनुसार उक्त भिडिओमा देखिएका व्यक्तिहरू इजरायलस्थित राष्ट्रसङ्घीय शान्ति सेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको पत्ता लागेको छ। उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन् । उनीहरू घटनाबारे अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि बेतलबी बिदामा बस्नेगरी निलम्बनमा परेका छन्।
प्रवक्ता ड्यूजरिकले बीबीसीसँग कुरा गर्दै अन्तर्राष्ट्रिय कर्मचारीबाट अपेक्षा गरिने आचरण पालना नभएको गम्भीर आरोप लागेको हुनाले उक्त कारबाही उचित रहेको बताए । आफ्ना कर्मचारीहरूद्वारा गरिने अनुचित यौनिक गतिविधिविरुद्ध राष्ट्र संघले कडा नीति अपनाउदै आएको छ ।
नियम उल्लङ्घन गर्ने कर्मचारीलाई राष्ट्र संघले अनुशासनको कारबाही गर्न सक्छ । त्यस्ता कर्मचारीलाई राष्ट्रसङ्घीय शान्ति स्थापनाको काममा प्रतिबन्धित वा फिर्ता गरिन सक्छ । तर थप अनुशासन वा कानुनी कारबाही गर्ने जिम्मेवारी ती कर्मचारीको देशको हुन्छ।
शान्ति स्थापक र अन्य कर्मचारी गलत यौनिक गतिविधिमा संलग्न भएको आरोपमा राष्ट्र संघले लामो समयदेखि छानबिन गर्दै आएको छ । पछिल्ला दिनहरूमा त्यस्ता आरोपका घटना निरन्तर हुने गरेका छन् । एउटा प्रतिवेदन अनुसार सन् २०१९ मा राष्ट्र संघका कर्मचारीविरुद्ध १७५ वटा यौन शोषण र दुर्व्यवहारका आरोप लागेको थियो। तीमध्ये १६ वटा पुष्टि भएका छन् भने १५ वटा पुष्टि हुन सकेनन् । अन्यमा अनुसन्धान चलिरहेको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसङ्घभित्र अनुचित यौनिक क्रियाकलापविरुद्ध शून्य सहनशीलताको नीति रहेको बताए । ♦ बीबीसी नेपाली
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार