सेवाग्राहीसँग ५० हजार घुस लिएको अभियोगमा मुद्दा
नेपालबहस संवाददाता
असार २९, २०७७ मंगलबार ०:१८:१६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग कार्कीले रु ५० हजार घुस लिएको आरोप लागेको छ ।
अनुसन्धानको सिलसिलामा रहेको र जिल्ला प्रहरी कार्यालयमा परेको सार्वजनिक हितविपरीत र जबरजस्ती करणीको मुद्दामा सहजीकरण गरिदिने भन्दै कार्कीले घुस मागेको आयोगले जनाएको छ । आरोपी कार्कीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी र स्रोत व्यक्तिसमेतको मिलेमतोमा बटैराज प्राविका शिक्षक रतनसिंह भण्डारीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि कारवाही गर्नुपर्नेमा अनधिकृत रुपमा रकम लिई मिलाउन लागेको पाइएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारी र प्रधानाध्यापक रतनसिंह भण्डारीले सो प्रयोजनका लागि रु ८३ हजार १०० बराबरको रकम लिएको पाइएको छ । आयोगले उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तै आयोगले घरेलु तथा साना उद्योग कार्यालय कलैया बाराका कार्यालय सहयोगी खेमराज चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । होटल सञ्चालनका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग चौधरीले रु १० हजार घुस लिएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार