पहिरोले राजमार्ग अवरुद्ध भएपछि हेलिकोप्टरबाट विरामीको उद्धार
नेपालबहस संवाददाता
साउन ६, २०७७ बुधबार ०:३१:१५
६ साउन, काठमाडौं । अविरल बर्षापछि आएको बाढी र परिरोका कारण सडक अवरुद्ध भएपछि बिरामी, बैंकका कर्मचारीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्न नसक्दा धादिङ र चितवनको सीमाना मौवाखोलाबाट दुई जना बिरामी र केही बैंकका कर्मचारीलाई सिम्रिक र कैलाश एयरको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोरखा पालुङटारका बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौ लगिएको बताए । तर उनीहरुको परिचय भने गोप्य राखिएको छ ।
हिजोदेखि अवरुद्ध सडक आज पनि खुल्ने सम्भावना कम रहेपछि बिरामीको अवस्था हेरेर हेलिकोप्टरबाट उद्धार गरिएको उनले बताए । उनीहरु दुवै दम र प्यारालाईसीसका बिरामी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
यसरी उद्धार गरिनेमा बैंकका कर्मचारी पनि छन् । सानिमा बैंकका कर्मचारी चढेको गाडी पहिरोका कारण अलपत्र परेपछि हेलिकप्टरबाट उनीहरु काठमाडौ गएका उनले बताए । यस्तै सडक अवरुद्ध हुँदा चितवनबाट गोरखामा एक जनाको शव पनि हेलिकोप्टरबाटै लगिएको छ ।
धादिङको मौवाखोलामा हिजो बाढी तथा पहिरोले पुल नै भत्काएपछि सडक अवरुद्ध बनेको हो । सडक खुलाउने प्रयास अहिले पनि चलिरहेकै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एनपीएल : काठमाडौंद्वारा चितवनसामु ११२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
सुनको मूल्य १२ सयले घट्यो, तोलाको कति ?
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान: फोटोफिचर
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार