रक्सीको तलतल मेट्न स्यानिटाइजर पिउँदा १० को मृत्यु
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार १३:५५:१९
१८ साउन, एजेन्सी । भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको मृत्यु भएको छ ।
कुरीचेडु नामक गाउँमा कोरोना भाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ। जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताए।
उनका अनुसार ती मानिस पियक्कड थिए र तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए। स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताए।
भारतको सङ्घीय सरकारले आर्थिक सङ्कट टार्न सबैजसो व्यापार व्यवसाय पुनस् सञ्चालनको अनुमति दिइसकेको छ। यो साताको सुरुमा योग सिकाउने संस्था तथा व्यायामशाला पनि खोल्न दिइने भनिएको छ। मानिस तथा मालसामानको आवतजावत तथा ओसारपसार खुकुलो पारिएको छ।
तर कैयन् राज्यहरूले भने स्थानविशेषमा भाइरस सङ्क्रमण रोक्न लकडाउन लागु गरेका छन्। आन्ध्रप्रदेश राज्यमा गत महिना सङ्क्रमितको सङ्ख्या नौ गुनाले बढेको छ।
यसबीच भारतमा गत २४ घण्टामा थप ५५ हजार मानिस सङ्क्रमित भएका छन्। त्यहाँ कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एकैदिनमा ७७९ ले बढेर साढ ३५ हजार पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार