साल्दाईकाे नयाँ बाटाे
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार २०:४८:४१
Shares
♦ मदन थापा
” उस्स……. !”
” युद्ध न हाे भाइ । कहाँ सजिलाे छ र । ज्यान दाउमा छ । ऐले हाे कि पछि।” साल्दाई चिसाे ढुंगामा अढेसिए ।
“किन र साल्दाई ?
के भाे र ? ” मेराे जिज्ञासा फुट्याे ।
“तिमीलाई के थाहा क्रान्ति र प्रतिक्रान्ति । याे देशमा के भा’ छ । जडसुत्रवादीहरु के रच्दैछन् । देश किन दिनदिनै उंधाे लाग्दैछ। बिस्तारवादी र साम्राज्यवादीहरुकाे गिद्दे दृष्टिले नेपालमा के भा’छ । नेपाल आमालाई जर्जर र छियाँछियाँ पार्ने यिनीहरु अब बच्ने छैनन् । हामी शिरमा कफन बाँधेर तेसै हिडेका हाैं र ?” साल्दाई बाैरिए ।
मेराे बचपनका साथी सांल्दाई । गाई गाेठालाका लाेभलाग्दा त्यी दिनहरु । ओराही र जरै वनकाे फाँट । सानैमा चटपटे बानी । उनकाे सुरिलाे कण्ठले वनै उज्यालिन्थ्याे । छिनमै नाँच्ने । छिनमै गाउने । यस्तैमा युद्ध छेडियाे । जनयुद्धका गीत र पर्चा छरिए जताततै । युद्धका गीत गाउन र टुक्का जाेड्न सिपालु सांल्दाई वनपाखामा चर्चित के भाथे, पांच वर्ष अघि नारदमणि थापा उर्फ कमरेड रक्तिमका रूपमा फेला परे ।
रक्तिम, युद्ध सेनाका सह कमाण्डर । सलत्त परेकाे जीउडाल । शरीरै ढाक्ने गरि गाेलीका माला । ठाउँठाउँमा टाेड्के बन्दुक । शिरमा राताे कफन । टाटेपाटे सर्ट पाईन्ट । गाेल्डस्टार जुत्ता । हेर्दै डर लाग्ने अजङ्गका उनी ।
” ए केटा । तेराे नाम के हाे ?” रक्तिम जड्किए ।
“धनवीर ।” सांल्दाई कांप्दै बाेले ।
” यहाँकाे कलाकार केटाे भन्थे । तैं हाेस ? ल ल गा त एउटा गीत ।” उनी कड्किए ।
“कस्ले पाे सुन्ला र, मेरा भाकालाई ।
बद्लिन्छु याे वन र मेरा पाखालाई ।
पैतला फुटाउँदै, वन र पाखामा ।
के युद्द उठ्याे रे, देशकाे काखमा ।”
सांल्दाईले काँप्दै गरेका ओठ चाटेर थुचुक्क बसे ।
“स्यावास ठिटाे । सुन्दर गीत । यही गीतले बदल्छ मेराे देश । ल तिमी जस्तैलाई खाेजेकाे छ देशले । हिड् हिड् । जाउंँ युद्दमा ।”
सांल्दाई रुदै थिए । उनले लछार्दै फकाउँदै लिए युद्धमा । रक्तिम गीत गाउन । बारुद भर्न अनि शत्रुसित लड्न । युद्द र जनवादी गीतका थप वर्ष यसै गरि बिते ।
एक साँझ।
” ऐया! भाई ला ला याे निकाल्दे ।” सांल्दाईले सुस्केरा मार्दै बाेलाए ।
” याे के भाकाे दाई ?” म बाेलें ।
” ला हेर । यै हाे शत्रुकाे गाेली । दाङ्ममा लडें, पिलीमा लडें। केही भाथेन । ऐले हेर त मंगलसेनकाे युद्दबाट फर्किदा गाेली लाग्याे । बैरीहरु माथि चुचुराेमा रछन् । गाेला हाने । छर्रा हाने । कति कामरेडहरुले विरगति लिए । हामी लत्रिदै आयाैं । युद्द ठुलाे भयाे रातभर ।
“ऐया..! ए बा.. ! आमै..!” दाई लत्रक्क पल्टे ।
” के भाे सांईला ? ” आमा आत्तिनु भाे ।
” सांल्दाई पानी खाउ । लाै उठ । पानी खाउ।” मैले जाेडबल गरें । केहीबेर उनी सुस्ताएपछि मेरी आमाले भुटी दिएकाे मकै पाेकाे पार्दै उनी जुरुक्क उठे । गाेलीका माला बाेके । हिड्न तम्तयार हुँदै भने..
“भाई युद्धमा विश्राम हुदैन् । बाटाेमा मित्र हुदैन् । हाम्राे युद्ध यात्रा लामाे हुनसक्छ । बैरीले छाेडे देश बदलेरै फर्किने छु ।
“आमा ढाेग गरें।” उनी निहुरिए ।
“बाँची रहेस् साईला ।” मेरी आमाले धाप मार्दै भनिन् ।
” आमा बाँचीरहेस नभन् । युद्द बाँचाेस् । देश बदलियाेस् । सबै नेपालीकाे मुहारमा खुशी छाओस् । भ्रष्टाचार हटाेस् । सम्वृद्धि आवस् । बस मलाइ पुग्छ । म हिंडे ल..।”
उनी लम्के लमक लमक । एकैछिनमा घरमा सन्नाटा छायाे । सखिकाे याद अल्झिरह्याे । बिस्तारै रात उघ्र्याे । भाले बास्न थाले ।
धरै वर्ष बिते । झण्डै २५ वर्ष बगेछन् युद्धमा । सांल्दाई बैशाखी टेक्दै फेरि मेरै पिंढीमा थचारिए ।
“भाइ ? कान्छा ?” सांल्दाईकाे अनुहारमा उराठ लाग्दाे घेरा थियाे ।
“यतिका वर्ष कांथ्याै सांल्दाई ?” म अचम्म परें ।
” केटा । युद्द लडें । व्यवस्था बदलें । देश बदलें । राजा फालें । उहिल्यै भान्या हैन् तंलाई ?” सांल्दाई बर्बराए ।
“तँ के गर्दै छस् त केटा ?” दाईका आँखा मेराे अनुहारमा उक्लिए ।
“म त मन्त्री भा’छु दाई । २ वर्ष उसै बिते । ऐले ६ मैना भाे मन्त्री लगाकाे ।” म बाेलें ।
“उसाे भा ठुलीआमा काँ छिन् त ?” सांल्दाईले आमाको कुन्टि नियाले ।
“सेना र विद्राेही बीच परारै ठुलाे लडाई भयाे । बिहानकाे समय । आमा घर लिप्दै रछिन् । सेनाकाे गाेली लागेर परलाेक गईन । थाहै भएन । सांईलाे पनि यैं हाेला । बचा सांईला बचा भन्दैथिन । एकैछिनमा प्राण गयाे दाई । मैले नि साेध्नै पाईन।” मैले बेलिबिस्तार लाए ।
“त काँ थिस त ?” उनी रसिला आँखा पुछ्दै बाेले ।
” मलाई युद्दकाे सुराकी नगराेस् भनेर मुख बाँधेर गाेठमा राखे दाई ।”
” कस्ले ?”
” विद्राेहीले दाई । आमा समेत भन्न पाईन मर्ने बेला ।”
सांल्दाई आँशु पुछ्दै राेए । म घाेत्लिएं । भक्कानिएं ।
” युद्धकाे बाटाे यस्तै रैछ भाई । तँलाई थाहै छ । म युद्धमै हाेमिए । युद्दमै हुर्किए । देश र व्यवस्था बदलियाे ।” उनमा निराशा मडारियाे ।
” के त एक्लै भईस त भाई ?” सांल्दाईकाे काैतुहलता थियाे ।
” हाे दाई । अब खेतबारी बेच्छु। उतै सर्छु काठमाडाैं तिर । चार चार आनाका दुई घडेरी किने । एउटामा दुईतला मात्रै बनाछु । अर्काे वर्ष बनाम्ला कि भन्या ।”
” सांल्दाई युद्द सकियाे त ?
” हैन् भाई। युद्द पाक्नै पाएन । मलाई थाहै छैन् । मेराे जनवादी शिक्षा र शिक्षालय कहाँ गए ? मेराे सर्वहारावादी क्रान्ति कसरी विलासितामा बदलिए ? बिस्तारवादी र साम्राज्यवादी विरुद्धका मेरा बंकर युद्द याेजना कहाँ हराए ? मैले नचाहेकाे संसदीय प्रणालीमा म कसरी आएं ? मेराे परिवर्तनले तिमी त जाग्याै । फस्टायाै । म भने उस्तै । गाउँ रित्तिदै छ ।
मेराे शिक्षाकाे बाचामा मुक्तिप्रसाद के भन्लान् ? मेराे स्वच्छ पत्रकारितामा डेकेन्द्र के भन्लान् ?” सांल्दाई भावुक बने ।
“अनि रक्तिम र जगबहादुर काँ छन् त दाई ?”
जगबहादुर बस्नेत ‘क. पाताल ‘ ३ नंं. बिर्गेड कमान्डर, उनी युद्दमा सांस्कृतिक परिवर्तनका लिडर थिए । अनि सांल्दाईका मिल्ने अर्का साथी ।
“रक्तिम युद्दमा टिक्न सकेनन् । घरकाे आर्थिक मजबुरीले उनी खाडीमा छन् भाई ।”
” जगबहादुर बदलिए । उनी कतै पुजारी छन् रे ।” यसपाली सांल्दाई खुबै निसासिए ।
” अबकाे बाटाे के लिनु हुन्छ त दाई ?”
” छाेड देउ याे चिन्ता । युद्दका मेरा रातहरुले निर्णय गर्नेछन् । हजाराैं शहिदका सपनाहरु साकार पार्नुछ । बेपत्ता नेपाली नागरिकहरुकाे खाेजी गर्नुछ । घाईतेहरुकाे ओखतीमुलाे गर्नुछ । जे हाेस म सँग मैले ल्याएकाे राज्य व्यवस्था छ ।
म खुशी छु । यद्दपि याे मेराे व्यवस्था र मेराे बैशाखी दुवै धर्मराएका छन् । म सके जति टेकाउछु । लंगडिदै , धर्मराउदै मेरै आशाकाे नयाँ बाटाेमा हिड्छु ।
मेराे नयाँ बाटाे । मेराे कर्म……..
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार