शेयरबजारमा धेरै धोका दिने तर सिस्टम नबनाउनेको अनुहार चिनौं
नेपालबहस संवाददाता
भदौ २५, २०७७ शुक्रबार ०:५०:१
२५ भदौ, काठमाडौं । मुख्यत: आठ दाजुभाइ तथा दिदीबहीनीको कब्जामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) जकडिएको छ । तिनै प्रमुखहरुको जिम्मेवारीमा नेप्सेलाई संचालन, नियमन र निर्देशन गर्ने काम भइरहेको छ । नेप्से अनलाईन सिस्टममा गएसँगै धेरै लगानीकर्तालाई जाने पनि नजानेपनि अनलाईन कारोबार नै काराेबार गर्नुपर्ने बाध्यता सिर्जना भएकाे छ ।
लकडाउन र निषेधाज्ञाका समयमा अनलाईन काराेबार उल्लेख्य मात्राले बढ्याे । लगानीकर्तालाई बाध्यतामा पार्ने काम त्यही आठ प्रमुखहरु नै हाे । तर सबै कुरामा सिस्टम खोज्ने नेप्सेले आफ्नो सिस्टम भने सुधार गर्न पटक्कै सकेको छैन । जसका कारण लगानीकर्ताको ब्लडप्रेसर बढ्नेदेखि निद्रा हराउनेसम्मकाे काम दैनिक भइरहेकाे छ ।
आठ जना प्रमुख कर्मचारीहरूले नेतृत्व गरेको नेप्से केहीलेकाहीँ हेर्दा लाग्छ, बिचरा ! कोही नै पो छैनन् कि । यो अवस्थामा सिस्टम चलाएर दैनिक अरबौंको कारोबार भइरहेको छ । समग्र स्टक मार्केटको मुख्य कामको जिम्मेवारी लिएको नेप्सेका प्रमुखहरु सँधै सिस्टमलाई दोष लगाएर उम्किरहेका छन् ।
लगानीकर्ता नेप्सेको सिस्टम देखेर आजित भएर भन्दै छन्, अब यसरी कहिलेसम्म उम्किरहने ? अनि कहिलेसम्म यो अवस्था झेलिरहने ?
दह्राे संस्थाकाे लुलाे सिस्टम, के हाे त नेप्से ?
नेप्से संचालक समितिकाे अध्यक्षमा लक्ष्मण न्यौपाने छन् । प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद रहेका छन् । त्यसैगरी संचालक समिति सदस्यहरूमा सिर्जना बास्तोला र राजनदेव भट्टराई गरी दुईजना नेपाल राष्ट्र बैंकका प्रतिनिधि, रमेश अर्याल अर्थमन्त्रालयका प्रतितिधि, देवेन्द्र रमण खनाल राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधि, स्वतन्त्र निर्देशक लक्षमण प्रसाद महर्जन, प्रबिन पाण्डे नेप्सेकै सचिव गरी आठ जना रहेका छन् ।
सरकारी ऋणपत्र तथा संस्थागत धितोपत्रहरूलाई तरलता प्रदान गर्ने नेप्सेको काम हो । जसका लागि निर्वाध खरिद बिक्रीको सुविधा प्रदान गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त हालसम्म एकमात्र धितोपत्रको दोश्रो बजार नेप्से हो । नेपालमा सरकारले वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको नाममा स्थापना गरेको थियो । यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रुपान्तरण गरिएको थियो ।
नेप्सेले सार्वजनिक रूपमा जारी भएका धितोपत्रहरूको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ । यो कार्यलाई सूचीकरण भनिन्छ । शेयर, डिभेन्चर र बण्डको दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्री गर्ने ब्रोकर बजार उपलब्ध गराउनु यसको काम हो ।
निश्चित कम्पनी, ब्रोकर र लगानीकर्तालाई नियमन गर्ने, पुँजी बजारका बारेमा जनचेतना फैलाउने, पुँजी बजारको विकास र विस्तारका लागि सीडीएस वा शेयर राख्ने संस्था बढाउनुका साथै नयाँ प्रोडक्ट के कस्ता छन्, त्यो बारेमा नयाँ खोज गरेर विकास गर्ने, नेपाल सरकार र धितोपत्र बोर्ड अन्तर्गत रहेर सुझाव सल्लाह दिने, पुँजी बजारका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूसँग सदस्यता लिने तथा ऐन अनुसार शेयर कारोबार गर्ने पब्लिक लिमिटेड कम्पनीहरूको नियमन तथा अनुगमन गर्नु पनि यसको काम हो ।
नयाँ कम्पनीहरूलाई स्टक एक्सचेन्जमा कारोबार योग्य हो भनेर लिस्टमा हाल्ने र साथसाथै लिस्टीङ्ग नभएका वा खारेजी भएका कम्पनीहरूलाई ओटिसी मार्केटमार्फत कारोबार गराउने कार्य पनि नेप्सेले गरिरहेको छ । स्वच्छ, पारर्दशी, विश्वासजन्य, न्यायोचित मार्केट चलाउने र लगानीकर्ताको हितमा कार्य गर्छ ।
नेपाल सरकारका नीति नियमहरूलाई सहयोग गर्दै पुँजी बजारमा दोस्रो बजारको विकास र विस्तार गर्ने जिम्मेवारी पनि यस संस्थामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४९ अंकले बढेर सोमबार नेप्सेमा हरियाली, ६ अर्ब ३० करोड बढीका शेयर खरिदबिक्री भए
पुष २२, २०८१ सोमबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार