युद्दकथा- युद्द तीर्थ
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार १७:४२:५७
Shares
सांल्दाई लत्रिदै रहे आफ्नाे बाटाे । उनकाे बैशाखी र आशाले उनलाई हिंडाई रह्याे अनवरत । दैलेखकाे नाैमुलेदेखि राेल्पाकाे थवाङ्सम्म पुग्न सांल्दाईले नाै रातकाे बाटाे काटे । आज नवाैं दिनकाे साँझ, थवाङकाे हरियाे लेक । जनयुद्दकाे उद्गमथलाे पुग्नु हरेक युद्दकर्मीलाई काशी अयाेध्या जस्तै लाग्ने । सांल्दाई पनि यही तीर्थ गर्न चाहन्थे ।
भीरकाे बास । एक्लाे घर । मक्किई सकेकाे खर अनि उदाङ्गाे ढाेका । बुढीआमा पिंढीमा झाेक्रिएकी थिइन् । पारी पाखाबाट कालाे मजेत्राे, छिप्रे घलेक अनि राताे भुईबुट्टे गुन्यूमा चम्पा घाँसकाे भारी घर भित्र्याउँदै थिईन् । पालीकाे घुड्किलाेमा पानासाेनी रेडियाे बेसुरमा जीवन शर्माका जनवादी गीत गाउँदै थियाे ।
तिम्राे घरकाे छानाे चुहेर । पिंढीमै आहाल छ….।
तिम्राे घरकाे आँगन भत्केर । सारै नै बेहाल छ….।।”
कतैबाट सानाे आवाज आयाे ।
“बास मिल्छ कि हजुर ?” सांल्दाई डिलबाटै बाेले ।
” काे हाे बाेल्ने ? बुढीआमा कराइन् ।
” म हुँ आमा। बास मिल्छ कि भनेकाे ?” सांल्दाई बाेले ।
” नानी तिमी नचिनेकाे मान्छे । लाेग्नेमान्छे नभा घर विरानालाई बास नदिनु भन्छन् । खाेई बुहारी नि आछैने ।” बुढीआमैले बिट मारिन् ।
” के हाे र आमा ? चम्पा गाेठकाे डिलबाट बाेलिन् ।
” खाेई बा’ काे पराया आ’छन् । बास माग्छन् ।” बुढीआमाले चियाउँदै भनिन् ।
” बस्न भन्नुस आमा । आज सल्यानबाट मांल्दाई नि आउँदैछन्।” चम्पा घाँसकाे भारी बिसाउन गाेठ पुगिन् ।
” आउ बाबु । आज बुहारीका दाई आउँदैछन् । दुई लाेग्नेमान्छे हुनु भयाे । बस्न मिल्छ ।” सांल्लाईले आजकाे रात खाने, बस्ने र गफिने माैका पाए ।
सांल्दाई बैशाखी टेक्दै माथिल्लाे कांल्लाबाट झरेर आगनकाे ढुंगामा बसे । चम्पाले गाईगाेठकाे साेतर साेहरसाहर गरि सल्लिपिरल गाेठभरि छर्किन् । गाईबाच्छा भित्र सारिन् । घाँस हालिन् अनि घाणा लगाईन् र गाेठबाट बाहिरिईन् ।
माथि ढुंगे पेटीमा विरानाे मान्छे थिए । बुढीआमा सिमी भांच्दै थिईन्। झाेलुंगाेमा एक वर्षे बाबु निशान चलमलाउँदै थिए । भदाैकाे महिना । माथिबाट आधा लेक ढाक्दै कुहिराे तलतल झर्दै थियाे । चिसाे सिरेटाे बाैलिदै थियाे ।
“अभिवादन हजुर ।” चम्पाले हात ठड्याईन् ।
” अभिवादन नानी ।” सांल्दाई अचम्मित पर्दै बाेले ।
” आमा निशान उठ्ला हेर्नु । म पानी ल्याएर आउछु । हजुर घिउ करेला पनि काट्दै अर्नु ।” चम्पा बाेलिन् ।
सिस्नेरी धाराकाे पानी । बाटाेभरि सिस्नु र जुका । गिरगिरे सेपिलाे बाटाे । चम्पा काखीमा गाग्री च्यापेर ओरालाे लागिन् । बीस मिनेट जान । तीस मिनेट आउन लाग्ने ।
” आमै नमस्कार । चम्पा कां छिन् त आंनी ?” झाेला बिसाउँदै हर्क बुढा बाेले ।
“आम्मै नि ! आई पुग्नु भाे नानी ?” बुढीआमा अचम्ममा परिन् ।
” धारा गाछे नानी । सञ्चै आउनु भाे ? ” आमा बाेलिन् ।
” अभिवादन हजुर । चिन्न सकिन त आंनी ।” हर्केले ढाेगे ।
” अभिवादन हजुर । म पाहुना हुँ । ” सांल्दाई बाेले ।
” दाई ढाेग गरें । किन ढिलाे अर्नु भ त ? ” चम्पाले रमाउँदै साेधिन् ।
” क्यार्नु नानी । बाटाे र उमेर दुबै उकालाे लागे । त्यै पनि बाटामा कां जाने भनेर सेना पुलिसले साेधी खाेजी गरि राखे । याे देशां हिड्नै ढिलाे । भिड्नै ढिलाे आंनी । ” हर्के दाई बाेले ।
चेलीलाई माईतीकाे कुकुरै भलाे भन्छन् । चम्पाले घिउकरेला र सिमी पखालिन् । ठेकीबाट ताप्केमा भुटुन हालिन् । छिनमै तिउन पाक्याे । छिनमै धट्टे मकैपिठाेकाे ढिणाे बन्याे । सबै जना सुकुलमा बसे । चम्पाले ढिंणाे पस्किन् । तिउन थपिन् । बुढीआमाले ठेकीकाे बासी माेही घाेप्टे बटुकामा भरिन् । चम्पा निशानलाई दुध चुसाउन अनि ढिणाे चटाउन लागिन् । बुढीआमा अगेनाकाे आगाे सेक्न । केहीबेरमै सबैले खाईवरि गफिन शुरु गरे ।
” क्या अर्नि हजुर । जवांईले धेरै दुख अर्नु भ आंनी । हिजाेका दिनमा जनयुद्दमा लाग्नु भ । कमाण्डर समेत हुनु भ । देश र जन्ताका लागि लड्छु। देश र व्यवस्था बदल्छु भन्नुहुन्थाे आंनी । केही त बदलियाे पनि । जवांई कै कारण सेनाले यां ससुरालाई छिन्याे आंनी । घर चलाउनै पराे । टिक्न सक्नु भएन । लाभका बेला विलाप भ । काेई सेनामा गए । काेेई सम्पत्तिवाला भए । जवांई भने खाडीतिर… ।” हर्के बुढाले पिर पाेखे ।
” खास कां बाट आउनु भयाउ हाे हजुर आंनी ?” हर्केले काेट्याए ।
” नाैमुलेदेखि हजुर।” सांल्दाईले छाेट्याए ।
” कति दिन लगाउनु भ त आंनी ?” हर्केले जिज्ञासा राखे ।
” आज नवाैं रात भाे हजुर ।” सांल्दाई बाेले ।
” आमा कसि छन् त दाई ?” चम्पा बाेलिन् ।
“उसै त हुन आंनी । डांडामाथि कि जुन, कति खेरसम्म हुन ।” हर्के दाई सुस्ताए ।
“भाउजु, भदाभदैनी नि ?”
“सबै सञ्चै छन् । ला, आमा र भाउजुकाे काेशेली।” हर्केले पाेकाे हात पारे । पाेकाे भित्र कसार, जाैंकाे सातु ,सेलराेटी, चुरापाेते, भाेटाे र टिकुली थिए। चम्पा मस्किदै माईती पाेकाे खाेल्दै थिईन् ।
“अरु केई थेन आंनी । जवांईलाई युद्दमा मनपर्ने सातु । तंलाई सेलराेटी, चुरापाेते र टिकुली अनि बुढीआमालाई कसार र भाञ्जालाई भाेटाे भन्थे ।” हर्केले सबै बेलिबिस्तार लाए ।
सांल्दाई हेरि रहे । युद्दमा उनले न घर बनाए न त जहान परिवार बचाउन सके । उमेर गयाे । उत्साह गयाे । सेनाले पुरै जहान खल्ड्याएकाे गाँउले खबर उनकाे मनभरि जकेडियाे । उनि भक्कानिए । उनी रुन चाहन्थे तर याे उनलाई युद्दले सिकाएन । उनीसँग अब आधा जाेवन, बैशाखी र युद्द पूर्णताकाे आशाकाे नयाँ बाटाेकाे खाेजी मात्र थियाे ।
” दाई हजुरकाे ज्वांईकाे नाम के हाे ?” कहां कहां लड्नु भाे त ? सांल्दाईले साेधे ।
” खै मलाई त थाछैन् आंनी । यै चम्पाले भन्लि।” हर्के तर्किए ।
” वहाँ पिली, दाङ् र मंगलसेन लडेकाे कुरा अर्नु हुन्थ्याे हजुर ।” चम्पाले भनिन् ।
” मेराे नाउँ धनवीर हाे । म पनि युद्दकर्मी हुँ हजुर । म पनि तिनै ठाउँ लडेकाे हुँ । हैन् उसाे भा नाम के हाे त वहाँकाे ? ” सांल्दाईले मुख मिठ्याउंदै बाेले । उनलाई लाग्याे म युद्दभुमि घरमै छु । उनकाे मन उज्यालियाे । आफ्नाेपनले छाेयाे ।
” याे के नाम भन्लि नानी ! आफ्नै लाेग्नेकाे नाम । उसकाे नाउँ नारदमणि हाे नानी ।” आमाले सुस्केरा फ्यांक्दै बाेलिन् ।
” ए बा ! नारदमणि थापा ! कमरेड रक्तिम ?” सांल्दाईमा खुशीकाे सीमा रहेन ।
” हजुर चिन्नु हुन्छ र आंनी ?” हर्केले जिज्ञासा राखे ।
” हाे हजुर । हामी मिल्ने साथी। संगै लड्याैं त्यी ठाउँहरुमा । दुवैकाे सपना थियाे देश बदल्ने, व्यवस्था बदल्ने । म घाईते भएं । वहाँ घरकाे समस्याले मुग्लान पस्नु भाे ।” बाेल्दाबाेल्दै सांल्दाईले आशु राेक्न सकेनन् ।
उता चम्पाका आंखामा आंशु तर्किए । बुढीआमा बाेल्न छाेडिन् । हर्के दाई अलमलमा परे ।
” हाे हजुर आंनी कपुरकाेटकाे भेलाबाट चम्पा पनि टाेलीमै हिंडि । खाेई कुन्नि कैले हो जनवादी बिहे गरिम भनेर चिठी पठाथे। एक्कै पाली घर गई । फर्कि हाली । जवांई मुग्लान पसेपछि माईतीघर पसेकी छैने । बुढीमाउकाे स्याहार, घाँसदाउरा, खेतवारी, बालबच्चा यसकै भरमा छन् आंनी । बरु बेलाबेला मै भेट्न आंउछु यता ।” सास लम्ब्याउंदै हर्केले बेलिबिस्तार लाए ।
” चम्पा , छाेरालाई फाेन ला त । उस्का साथी आछन् भन्छु।” बुढीआमाले अनुराेध गरिन् ।
चम्पाले फिस्टे माेबाईल निकालिन् । नम्बर छानिन् अनि डायल गरिन् । केही बेरपछि मात्र फाेन उठ्याे ।
” आमा, यी लिनु फाेन उठ्याे ।” चम्पाले फाेन दिइन् ।उनीलाई नै ईच्छा थियाे आफ्नाे पतिदेवसँग मनकाे गन्थन खाेल्न । बाेल्न । अनि मांल्दाई र पतिका साथी आकाे कुरा सुनाउन् । तर सबै सामु उनी शर्मिली भईन् ।
” हलाे। हलाे । बाबु नारद । तेरा साथी धनविर र मांईला जेठान आज आउनु भ छ। ” आमाले एक सुरमा बाेलिन् ।
” हेलाे। हेलाे। आमा सञ्चै हुनुहुन्छ ?” कतारबाट आवाज आयाे ।
” सब्बै आराम छाैं बाबु । आज तिम्राे मिल्ने साथी आकाेले तिमी भए झैं ला छ बाबु ।” आमा सुंक्सुकाईन् ।
” हेलाे।…….. ।” उताबाट फाेन आईरह्याे । बुढीआमा घुत्रुक्क ढलिन् ।
“आमा ? के भाे आमा ? उठ्नुस् ओच्छ्यान लाछु ।” चम्पाले झक्झक्याईन् ।
” आमा ? आमा ? ” बुढीआमाकाे जिउ सुकुलमा पछारियाे । सांल्दाईले फाेन उठाए । संयाेगवश स्पिकर ठुलाे भएछ । आवाज ठुलाे आयाे ।
“हेलाे…। हेलाे..। आमा धैर्य गर्नुस । म तपाईकाे छाेराकाे साथी । झापाकाे केशव पाण्डे । वहाँसहित नाै जना ग्याँस भट्टिमा पर्नु भाे । हामी
खबर गर्ने तरखरमा थियाैं । राति भकाेले गरेनाैं । अब लास पन्ध्र बीस दिनमा ल्याई पुर्याउछाैं । हामी छाैं आमा। कम्पनीमा पहल गर्दैछाै । धैर्य गर्नुस । सबैलाई सम्झाउनुस आमा…. ।”
उताकाे आवाज छिनमै कट्याे । सांल्दाई, हर्के र चम्पाले एकैसाथ डाँकाे छाडे । हतासिए अनि सुस्ताए । छाेरासँग बाेल्नै नपाई आमाले छाेडिन् ।
चकमन्न रात । थवाङ्काे भिरकाे पातलाे बस्ति । झ्यांउकिरिसंगै सबैले डाकाे छाेडेर राेए । युद्दमा नराेएका सांल्दाई पनि खुबै राेए । बुढीआमाले न त काेशेली खान पाईन् न त छाेरा समेत भनेर बाेल्न नै । रुवाबासीमा बाबु निशान थाहै नपाई राेईरह्याे । बाहिर आई गुुंहार मांगे । बिचराे थवाङकाे पुरुषविहिन पातलाे बस्तीबाट काेई आएनन् । डाँडा वरपर कुकुर भुकिरहन्थे । चम्पा, हर्के र सांल्दाईकाे थकित ज्यान, गलस्त खुट्टा र बटारिंदैका आँखाले त्याे रात त्यसै राेएरै बिताए । पुरै रातकाे सिरेटाे पनि राेईरह्याे ।
रात कट्याे। बिहानी उज्यालियाे । चराहरु चिरबिराए । भाले बासे । एकाएक बिस्तारै वारीपारीका बस्तीबाट महिलाहरु आँगनमा जम्मा भए ।
गाउँमा कि बुढाबुढी कि बालक मात्र । जवान पुरुष युद्द र खाडीले सकिए । गाउँमा एकजना बाहुन मात्र । लासकाे कर्म, नुहाईधुवाई गरियाे । भुंई चाेख्याईयाे । चम्पाले मजेत्राे, घलेक र गुन्युचाेली फुकालेर सेताे कपडा फेरिन् । हर्के र सांल्दाईले कांध हाले । पछाडि बाहुन र महिला मलामी लस्करै लागे युद्दभुमि थवाङ्काे बांझा पाखैपाखा । तेही ठाउँ जुन ठाउँ सांल्दाई युद्द तीर्थ गर्न आएका थिए । त्यी पाखाहरु जहाँ कुनै बेला जनसेनाका परेडहरु उफ्रिन्थे । उर्लिन्थे। आज पुरुषविहिन त्यी खेतहरु बांझा छन् । मलामी महिला छन् । राेल्पा थवाङ्, जून ठाउँ सांल्दाईकाे युद्द तिर्थ हाे, आज निसासिएकाे छ अनि एक्लिदै ….. ।
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार