युगान्डामा २०० भन्दा बढी कैदी जेलबाट फरार, तीन जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज १, २०७७ शुक्रबार ५:९:४४
१ असोज, एजेन्सी । युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बिहीबार बताएका छन् ।
युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् । मारिएका तीन कैँदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः भाग्न बल प्रयोग गरेपछि भएको भिडन्तमा उनीहरू मारिएका मोरोटो सहरको सिंगिला जेल प्रशासनले जनाएको छ ।
बाइनले भने, “जेल प्रशासन, सेना तथा प्रहरीले फरार कैँदीहरूको संयुक्त रूपमा खोजी गरिरहेका छन् ।” “बुधबार रातिदेखि सुरक्षाकर्मीले हवाई गस्तीलाई रोकी पैदल गस्तीहरूलाई बढाएका छन् । खोजी जारी छ यस साताभरमा उनीहरू पत्ता लाग्नेछन्,” उनले भने ।
प्रवक्ता बाइनले भने, “ फरार तथा मारिएका अधिकांश कैदीहरूलाई अवैध रूपमा हतियार राखेको अभियोगमा जेलमा राखिएको थियो । उनीहरूसँगबाट १४ थान बन्दूक र दर्जनौँ गोली तथा केही विस्फोटक पदार्थ बरामद गरिएको छ ।”गत मार्चमा उत्तर पश्चिमी जिल्ला औरामा कैदीहरूले जेलको घेरा तोडी भाग्न खोज्दा भएको दङ्गामा तीन कैदीको मृत्यु भएको थियो भने छ घाइते भएका थिए । तर कैँदीहरूको घाग्ने प्रयास सुरक्षाकर्मीले विफल पारेको थियो ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपतिले लगाएको मार्शल ल संसदले गरिदियो खारेज
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
संघीय संसदका दुई समितिको बैठक बस्दै
मंसिर १९, २०८१ बुधबार
एनपीएलमा आज कर्णाली र काठमाडौं तथा विराटनगर र लुम्बनीबिच प्रतिस्पर्धा हुने
मंसिर १९, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर १९, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १९, २०८१ बुधबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने
मंसिर १९, २०८१ बुधबार