धानमा फड्के किराको प्रकोप
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार १७:२३:२१
२ असोज ,महेन्द्रनगर । कञ्चनपुरको तीन वटा स्थानीय तहमा धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । यहाँको महाकाली, भीमदत्त र बेदकोट नगरपालिकाका केही वडामा किसानले लगाएका धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए ।
“हामी स्थलगत अनुगमनमा निस्केका छौँ, अन्त भन्दा महाकाली नगरपालिकामा प्रकोप बढी देखिएको छ ।” उनले त्यहाँ अनुगमनका क्रममा डेढ बिघामा लगाएको धानबाली प्रकोपका कारण क्षति पुगेको बताए । “सो नगरपालिकामा १० हेक्टर धानबाली प्रभावित छ”, भट्टले भने, “अहिले किसानलाई प्रकोप नियन्त्रणका लागि विषादी दिने र प्रयोग गर्ने विधिबारे सिकाउने काम भइरहेको छ ।” त्यसैगरी भीमदत्त नगरपालिका–२, १८ र १९ का साथै बेदकोटका केही वडामा यसको प्रकोप देखिएको ज्ञान केन्द्रले जनाएको छ ।
“पाक्न लागेको, पसाउन लागेकोलगायत सबै प्रकारका धानमा प्रकोप देखिएको छ”, उनले भने , “हामीले सबै पालिकाका कृषि शाखाका कर्मचारीलाई प्रकोपबारे अनुगमन गर्न भनेका छौ ।” किसानले भने पाक्न लागेको धानबालीमा प्रकोप देखिएपछि चिन्तित बनेका छन् । यहाँको महाकाली नगरपालिकाका विष्णुदत्त भट्टले आफूले लगाएको धानबावलीमा पूर्ण रुपमा प्रकोप देखिएको बताए।
“तीन बिघा खेतमा लगाएको धानबालीमा प्रकोप देखिएपछि परिवार पाल्ने चिन्ता बढेर आयो”, उनले भने , “यस्तो प्रकोप यहाँ पहिलो पटक देखिएको हो ।” गत सातादेखि धानमा प्रकोप देखिएपछि किसानले नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक नभएको बताएका छन् । स्थानीय रुद्रलाल सुनारले धानबालीमा फड्के किराको प्रकोप देखिएको बताए । “प्रकोपले खानै नहुने स्थिति बनेपछि सरकारले पनि हामीलाई क्षतिपूर्ति वा राहत दिनुपर्छ”, सुनारले भने, “यस्तो महामारीका बेला झन् अर्को समस्या थपियो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एनपीएल : काठमाडौंद्वारा चितवनसामु ११२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
सुनको मूल्य १२ सयले घट्यो, तोलाको कति ?
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान: फोटोफिचर
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार