मुख्यमन्त्री पौडेलद्वारा मुसहर समुदायका ३५५ परिवारलाई घर हस्तान्तरण
नेपालबहस संवाददाता
असोज २, २०७७ शनिबार २:४६:५२
२ असोज, सिन्धुली । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले मुसहर समुदायका ३५५ परिवारलाई घर हस्तान्तरण गरेका छन् । दुधौली नगरपालिका वडा नं ११ तल्लो पत्रिङ्गामा आज आयोजित कार्यक्रममा दुधौलीका विभिन्न वडामा बनेका ती घर साँचो ती समुदायलाई हस्तान्तरण गरेका हुन ।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको प्रत्याभूत गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले भने,“यहाँको सुरक्षित आवसका लागि चाहिने थप न्युनतम पूर्वाधारहरु प्रदेश सरकारले निर्माण गर्नेछ ।” ‘समृद्ध नेपाल , सुखी नेपाली बनाउने ’ संघीय सरकारको ध्येयलाई पुरा गर्न प्रदेश सरकारले काम गरिरहेको उनले जानकारी दिए ।
आवास विहीन सीमान्तकृत, दलित र विपन्न समुुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्य सहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत मुसहर समुदायलाई भवन हस्तान्तरण गरिएको हो ।बागमती प्रदेश सरकारको ११ करोड २२ लाख ७ हजार ६५१ लागतमा ती घर निर्माण गरिएको शहरी विकास विकास कार्यालयका प्रमुख इञ्जीनियर दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार दुधौलीको वडा नं ४, ५, ६, ७, ९ र ११ मा ती घर निर्माण गरिएको छ ।
त्यहाँका ५९० परिवार जनता आवास कार्यक्रममा छनौट भएकोमा पहिलो चरणमा ३५५ जना लाभग्राहिमा परेको र बाँकी अरु छनौट भएकाहरुको बजेट विनियोजन भएपछि बनाइने उनको भनाई छ । प्रदेश सरकारले एक घर बराबर तीन लाख ३६ हजार उपलब्ध गराएको समेत गराएको छ । घर निर्माण कार्यमा अन्य आवश्यक सहयोग स्थानीय सरकारले समेत गरेको थियो । विगत तीन वर्षदेखि सुरु गरिएको जनता आवास कार्यक्रममा पहिलो वर्ष ६ , दोस्रो वर्ष ९५ र तेस्रो बर्ष २५४ घर निर्माण भएको कार्यालय प्रमुख घिमिरेले उनले जानकारी दिए । भवन निर्माण गर्नको लागि ३ लाख ३६ हजारलाई चार किस्तामा वितरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
सुनको मूल्य १२ सयले घट्यो, तोलाको कति ?
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान: फोटोफिचर
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार