जिम्बाबेका लेखक, अमेरिकीहरु बुकर पुरस्कारको सूचीमा
नेपालबहस संवाददाता
असोज २, २०७७ शनिबार ३:१३:१५
२ असोज, एजेन्सी । उपन्यास विधातर्फको प्रख्यात बुकर पुरस्कारका लागि मंगलबार सार्वजनिक गरिएको छ जनाको सूचीमा एक जना जिम्बाबेका लेखकको नाम समेत छनौटमा परेको छ ।सरकार विरोधी प्रदर्शनमा गिरफ्तारीमा समेत पर्नु भएका लेखक चिची दाङ्गारेम्गाको उपन्यास “दिस मर्नेवल बडी” उत्कृष्ट छ मा छनौट भएको हो । यस उपन्यासमा मुख्य पात्रको असफलता र उत्तर–औपनिवेशिककालीन जिम्बाबेको उथलपुथललाई समेटिएको छ ।
यस विधातर्फ विजयी हुनेले ६४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।जिम्बाबेका निकै प्रतिष्ठित लेखक दाङ्गारेम्गा गत जुलाईमा पक्राउ परेर एक रात जेलमा बिताउनुभएको थियो । राजधानी हरारेको मुख्य सडकमा एउटा प्लाकार्ड बोकेर उभिएको आरोपमा उनी पक्राउ परेका जियो जसमा लेखिएको थियोः “हामी अझ राम्रो होस् भन्ने चाहन्छौं । संविधानमा सुधार गरियोस् ।”
बुकर पुरस्कारका लागि छनौटमा परेका लेखकहरुमा यस वर्ष बढी मात्रामा अमेरिकीहरु वा अमेरिकामा रहेबसेका व्यक्तिहरु हुन । इथियोपियामा जन्मेका माजा मेन्जिस्टको “दी स्याडो किङ”, डियान कूकको “दी न्यू वाइल्डरनेस”, अभनी दोशीको “बन्र्ट सुगर” र ब्रान्डोन टेलरको “रियल लाइफ” पनि बुकरको सूचीमा परेका छन् ।बेलायतबाट भने एक मात्र छनौटमा परेको छः डग्लस स्टुआर्टको उपन्यास “शग्गी बेन” । स्टुआर्ट पनि अमेरिकामै बसोबास गर छन्। उनी न्यूयोर्कमा बर्षौंदेखि रहेका छन् ।
विजयीको नाम आगामी नोभेम्बर १७ मा घोषणा गरिनेछ । सन् १९६९ मा स्थापना गरिएको यस पुरस्कारका लागि विश्वभरका अंग्रेजी भाषामा प्रकाशित पुस्तकहरु र लेखकहरुले प्रतिस्पर्धा गर्न पाउँछन् । तर सन् २०१४ सम्म बेलायती, आइरिस र कमनवेल्थ मुलुकका नागरिकले मात्र सहभागी हुन पाउँथे ।यस वर्षको छनौटले यो पुरस्कारमा अमेरिकी लेखकहरु हाबी हुने सम्भावना बढाएको छ । विगतमा यस्तो भएको थिएन । यसअघि अमेरिकी लेखकहरुमध्ये सन् २०१६ मा पल बेटीको “दी सेलआउट” र सन् २०१७ मा जर्ज साउन्डर्सको “लिन्कन इन दी बार्डो” पुरस्कृत भएका थिए ।
पुरस्कार छनौट समितिकी निर्देशक ग्याबी ऊडले सूचीमा बेलायती उपन्यासकारहरु नपरेकामा आफूलाई दुःख नलागेको बताए । उनले पाठकहरुले लेखक कुन देशको हो भनेर हेर्न छाडिसकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
सुनको मूल्य १२ सयले घट्यो, तोलाको कति ?
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान: फोटोफिचर
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार