सशस्त्र प्रहरीको १४ औं बिओपी उद्घाटन
नेपालबहस संवाददाता
असोज २, २०७७ शनिबार ३:२२:३६
२ असोज, कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँईमा आज सशस्त्र प्रहरी बल नेपालको १४ औं बोर्डर आउट पोष्ट(बिओपी)को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरीको अत्तरिया स्थित नं ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरिशङ्कर बुढाथोकीले बोर्डर आउट पोष्टको उद्घाटन गरेका हुन ।
पोष्टको उद्घाटन गर्दा उनले राष्ट्रहितलाई सर्वोपरी ठानेर कार्य गर्नुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रका जनतालाई शान्ति सुुरक्षाको अनुभूति हुने गरी काम गर्ने बताए । “सीमा अपराध रोक्नका लागि प्रभावकारी रुपमा कार्य गर्न कटिवद्ध हुनुपर्छ”, उनले भने, “यसका लागि २४ सै घण्टा नसुतेर सुरक्षा गर्न सधैं तत्पर हुनुपर्छ ।” उद्घाटन गरिएको बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक सुदीप कार्कीको कमाण्डमा ३५ जनाको टोलीलाई खटाइएको छ । यहाँको भारतसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १४ बिओपी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एनपीएल : काठमाडौंद्वारा चितवनसामु ११२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
सुनको मूल्य १२ सयले घट्यो, तोलाको कति ?
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान: फोटोफिचर
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार