प्रसिद्ध विकास लेखन सम्मानबाट सम्मानित : डा. विश्वकर्मा
नेपालबहस संवाददाता
असोज ३, २०७७ शनिबार २३:३५:४४
३ असोज ,काठमाडौं । नेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो समयदेखि कलम चलाउँदै आएका लेखक डा. मानबहादुर विश्वकर्मा (पाल्पा) २०७७ सालको ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ बाट सम्मानित भएका छन् । हाल उनी बागमती प्रदेश सरकारका प्रमुख सचिव हुन ।
नेपाल सहभागीमूलक कार्य समूह(नेपान) को २६ औं वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित विशेष भर्चुअल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही र नेपानका अध्यक्ष झविन्द्र भण्डारीले संयुक्तरुपमा उहाँलाई सम्मानपत्र प्रदान गरेका हुन । सम्मानपत्रसहित रु १० हजार राशिको सो सम्मान प्राप्त गर्ने डा. विश्वकर्मा तेस्रो व्यक्ति हुन । यसअघि २०७५ सालमा सहप्राध्यापक गम्भीरबहादुर हाडा र २०७६ सालमा द्वन्द्वविद् डा. विष्णुराज उप्रेतीले यो सम्मान प्राप्त गरिसकका छन् ।
डा. विश्वकर्माका करीब एक दर्जन कृति समावेशी विकास सवालमा केन्द्रित छन् भने थप एक दर्जनजति कृति व्यवस्थापनसम्बद्ध कलेजका विद्यार्थीहरूलाई लक्षित गरी लेखिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल र पत्रपत्रिकाहरूमा समेत उनका थुप्रै लेखहरू प्रकाशित छन् ।नेपानका निवर्तमान अध्यक्ष चेतनाथ कणेलले आफ्नो स्व। सुपुत्र प्रसिद्ध कणेलको स्मृतिमा २०७४ सालमा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राखी सोको ब्याजबाट २०७५ सालदेखि हरेक वर्ष एकजना सहभागीमूलक विकास पद्धतिमा लामो समय कलम चलाई पुस्तक प्रकाशन गरेका व्यक्तिलाई सम्मान गर्ने परम्पराको थालनी भएको नेपानका अध्यक्ष भण्डारीले बताए ।
नेपान सञ्जालमा हाल सातै प्रदेशका करिब ३०० जना विकासकर्मीहरू सदस्य रहेका छन् । ‘सहभागिता’ नामक नेपाली विकास म्यागाजिन र ‘पार्टिसिपेसन’ नामक अङ्ग्रेजी जर्नल पनि यस संस्थाबाट नियमितरूपमा प्रकाशन हुँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
सुनको मूल्य १२ सयले घट्यो, तोलाको कति ?
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान: फोटोफिचर
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार