कर्णाली नेकपामा किचलो, शाह प्रमुख सचेतकबाट पदमुक्त
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार २१:२२:३२
२६ असाेज, सुर्खेत । कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका छन् । उनको स्थानमा सचेतक सीता नेपालीलाई नियुक्त गरिएको छ ।
दलका नेताको हैसियतले मुख्यमन्त्री शाहीले आइतबार संसदीय दलको विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरेको जनाएका छन् । ‘कामकारबाही सन्तोषजनक नभएकाले’ जिम्मेवारीमुक्त गरिएको शाहलाई दिइएको पत्रमा उल्लेख छ ।
आइतबार १८ जना सांसदले संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव बुझाएपछि शाहले मंगलबार १ बजेको लागि बैठक बोलाएका थिए । अब यो प्रकरणले उक्त बैठक अन्योलमा परेको छ ।
नवनियुक्त प्रमुख सचेतक नेपालीले नयाँ जिम्मेवारी आएसँगै सबै पक्षसँग छलफल गरी बैठक आह्वान गर्ने प्रतिक्रिया दिइन् । शाह यामलाल कँडेल ९पूर्वएमाले० निकट र नेपाली मुख्यमन्त्री शाही ९पूर्वमाओवादी० निकट हुन् ।
जिम्मेवारीबाट मुक्त भएका शाहले भने बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा दलका नेताको हैसियतमा शाहीले कुनै पनि निर्णय लिन नसक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार