जापान र भियतनामबीच प्रतिरक्षा सहयोग आदानप्रदान गर्न सहमति
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार २१:१९:१३
३ कार्तिक हनोई । जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई उडान पुनः स्थापित गर्न सहमति भएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा भियतनाम आइपुगेका भएका जापानका प्रधानमन्त्री योशिहिडे सुगा र आफ्ना भियतनामी समकक्षी प्रधानमन्त्री नुग्वेन जुआन फुकबीच शिखर वार्तामा उक्त सहमति भएको हो ।दुबै देशका उच्च अधिकारीबीच यस क्षेत्रमा चीनको विस्तारित प्रभावको सामना गर्न रक्षा र सुरक्षा सहयोग बढाउन सहमत भएका थिए ।
सोमबार हनोईमा आयोजित शिखर वार्तापछि भियतनामका लागि आवश्यक रक्षा उपकरण र प्रविधि जापानले निर्यात गर्ने आधारभूत सम्झौतामा हस्ताक्षर समेत भएको छ । जापानले हालका वर्षहरूमा दक्षिणपूर्वी एशियासँग सम्बन्ध बलियो बनाउन र आफ्नो प्रतिरक्षा उद्योगलाई सबल बनाउन यस्ता सम्झौताहरू गरिरहेको छ ।
सुगाले आफ्नो चार दिने भियतनाम भ्रमण र त्यसलगत्तै इन्डोनेसियाको भ्रमणका क्रममा आफूले स्वतन्त्र एवं खुला हिन्द–प्रशान्त महासागरीय बहुपक्षीय आर्थिक तथा सुरक्षा सहयोगका लागि समर्थन जुटाउनेतर्फ केन्द्रित रहने बताए । उनले दक्षिण चीन सागरमा चीनको बढ्दो उपस्थितिका बारेमा पनि समीक्षा हुने उनले स्पष्ट गरे ।
“स्वतन्त्र र खुला हिन्द–प्रशान्त ९इन्डो–प्यासिफिक० प्राप्त गर्ने हाम्रो दृष्टिकोण हासिल गर्न भियतनामको भूमिका निकै महत्वपूर्ण छ,” प्रधानमन्त्री सुगाले भियतनामी प्रधानमन्त्री फूकसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने । “जापान, एक इण्डो–प्यासिफिक राष्ट्रको रूपमा, यस क्षेत्रको शान्ति र स्थिरतामा निरन्तर योगदान दिनेछ ।”
प्रधानमन्त्री सुगाले इन्डो–प्यासिफिकको केन्द्रका रुपमा रहेको भियतनाममा आफ्नो पहिलो विदेश भ्रमण गर्न पाएकामा खुशी व्यक्त गरे ।जापानले यसअघि पनि संयुक्तराज्य अमेरिका, बेलायत र मलेसियालगायत अन्य देशहरूसँग रक्षा उपकरण स्थानान्तरण सम्झौता गरिसकेको छ । भियतनाम १२ औं साझेदार मुलुक हो । जापानले पहिलो रक्षा उपकरण फिलिपिन्सलाई गत अगष्ट महिनामा उपलब्ध गराएको थियो जसमा जापानमा निर्मित राडार निगरानी प्रणाली रहेको थियो ।
भियतनामलाई उपलब्ध गराउने सम्भावित रक्षा उपकरणका बारेमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन, तर प्रधानमन्त्री सुगाले सम्झौतालाई द्विपक्षीय रक्षा सहयोगका लागि “एक प्रमुख कदम” भनेका छन् ।जापानले सन् २०१४ मा सैन्य उपकरण र प्रविधि हस्तान्तरणमा आंशिक रूपमा प्रतिबन्ध हटाएको थियो । पूर्व प्रधानमन्त्री शिन्जो आबेले जापानको रक्षा क्षमता बढाउने प्रयास स्वरुप जापानी रक्षा सामान विदेश निर्यातमा रहेका प्रतिबन्धहरु हटाएका थिए ।
सुगा र फुकले अन्य आर्थिक क्षेत्र र आतंकवाद विरोधी उपायहरुमा परस्पर सहयोग गर्न अन्य सम्झौताहरुमा हस्ताक्षर गरेका छन् ।कोरोनाभाइरसका कारण दुबै देशबीच अबरुद्ध उडान र यात्रालाई खुकुलो बनाउन पनि सहमति भएको छ । छोटो अवधिको व्यावसायिक भ्रमणलाई अनुमति दिन तथा भियतनाम र जापानबीच उडान पुनः खोल्न पनि सहमति भएको छ ।
सुगाले कोरोनाभाइरसबाट प्रभावित जापानमा कार्यरत भियतनामी कामदारहरूलाई सहयोग पु¥याउन जापानले आवश्यक सहयोग गर्ने पनि बताए। हालैका वर्षहरुमा जापान आएका विदेशी कामदारमध्ये आधाभन्दा बढी भियतनामी छन् ।
भियतनामको एक प्रमुख व्यापारिक साझेदार मुलुक जापान हो जुन यस वर्ष झण्डै २९ अर्ब डलरको छ । भियतनामको सबैभन्दा ठूलो विदेशी सहयोगी दातृ मुलुक जापान रहेको छ । सन् २०१९ सम्ममा जापानले २३ अर्ब डलर अनुदान र ऋण भियतनामलाई उपलब्ध गराइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार