काेराेना कहर,शक्तिपीठमा चहलपहल कम
नेपालबहस संवाददाता
कात्तिक ९, २०७७ आइतबार १९:८:३४
९ कार्तिक, गण्डकी । कोरोना भाइरसको महामारीका कारण यस वर्ष आश्विन शुक्ल नवमीका दिन आज पोखरा र आसपासका शक्तिपीठमा दर्शनार्थीको चहलपहल कम देखिएको छ ।
कोरोना महामारीप्रति सर्वसाधारणको सजगताका साथै प्रशासनले पनि महामारी फैलिन सक्ने जनाउँदै पूजाआजामा रोक लगाएका कारण विगतमा महानवमीका दिन हुने गरेको भीडभाड यस वर्ष नभएको हो । पोखराका विन्ध्यवासिनी, भद्रकाली, तालबाराहीलगायत आसपासका शक्तिपीठ आज सुनसान बनेका छन् । विगत वर्षमा महानवमीका दिन स्याङ्जा, कास्की, तनहुँलगायत विभिन्न स्थानबाट आउने दर्शनार्थीका कारण चहलपहल हुने गरेको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा यस वर्ष भने दर्शनार्थीको चाप नरहेको कोटभैरव मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए ।
नेपालका बाइसेचौबीसे राजाका पालादेखि नै अस्तित्वमा आएको मानिने कोटभैरवमा प्राचीन परम्परालाई निरन्तरता दिँदै घटस्थापनासहित महाष्टमी, कालरात्रि र महानवमीको सामान्य पूजा भने गरिएको छ । मन्दिरमा घटस्थापनादेखि नै मगर पुजारीले सरसफाइसहित नियमित पूजाआजा तथा ब्राह्मण पुजारीले दैनिक सप्तशती पाठ गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार