गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड
नेपालबहस संवाददाता
कात्तिक १०, २०७७ सोमबार १९:१२:१
१० कार्तिक, सिमकोट । हुम्लाको उत्तर नाम्खा गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड सहयोग गरिएको छ । नाम्खा–१ मा रहेका २४० घरधुरी मध्येका १३ वर्षदेखि ४० वर्षसम्मका १५० महिलालाई निःशुल्क सहयोग गरिएको हो ।
हुम्लाका दूरजराजमा रहेका युवती तथा महिलाहरु महिनावारीको समयमा गाउँघरकै परम्पराअनुसार प्याड, कपडा कुनै पनि साधन प्रयोग नगर्ने भएका कारण उनीहरुको बानी बसाल्न काठमाडौंमा रहेको माउण्टेन चिल्ड्रेन संस्थाले निःशुल्क सहयोग गरेको वडाध्यक्ष प्रेम लामाले जानकारी दिए ।
विद्यालयमा अध्ययनरत केही छात्रा र सदरमुकाम सिमकोट बाहेक अन्य ग्रामीण बस्तीमा रहेका हुम्लाका महिलाहरुले सेनिटरी प्याडको कमै मात्र प्रयोग गर्ने गरेको पाइएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले बताए ।
यस्तै २४० घरधुरी रहेको वडा नं १ को धिगाँ र गाडापारी गाउँमा प्रति घरधुरीलाई सरसफाइका सामग्री सहयोग गरिएको छ । सोही संस्थाले वडा कार्यालयको समन्वयमा वडा नं १ का प्रतिघरलाई एक काल्टिन र एक पानी फिल्टर सहयोग गरेको वडाध्यक्षले लामाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार