मन्त्रीको स्टाट्सले दियो कर्णाली प्रदेश सरकार फेरिने संकेत !
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ आइतबार १४:९:१०
१६ कार्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकार पुनर्गठन हुने भएको छ । दशैँको मुखैमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सो विवाद समाधानका लागि मन्त्रिपरिषद पुनर्गठनको तयारी शुरु भएको हो ।
शुरुमा काठमाडौं र पछि सुर्खेतमा बसेको नेकपाका नेताहरुको बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमतिका साथ विवाद समाधान गरेको थियो । आपसी भागबण्डा पुग्ने गरी मन्त्रिपरिषद पुनर्गठन गर्ने र अविश्वास प्रस्तावलाई असफल बनाउने सहमतिअनुसार दशैँ सकिएलगत्तै मन्त्रिपरिषद पुनर्गठनको प्रयास शुरु भएको हो ।
मन्त्रीको स्टाट्सले दियो संकेत
आइतबार बिहानै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावलले फेसबुकमा स्टाट्स लेखेर प्रदेश सरकार फेरिने संकेत गरेका हुन् । मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेर्ने हल्ला पनि चलिरहेको छ । मन्त्री रावल आफै पनि मन्त्रीबाट बाहिरिने भएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’
उनको स्टाट्सले स्पष्ट संकेत दिन्छ, मन्त्री रावल बाहिरिएर अरु कोही अब सामाजिक विकास मन्त्री बन्दैछ । कर्णालीमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका दुई दुई जना नेतालाई मन्त्री बनाएर विवाद मिलाउने आन्तरिक सहमति छ ।
मुख्यमन्त्रीका प्रत्यास तथा ओलीका खास नेता यामलाल कँडेलले १८ जना सांसदको हस्ताक्षरसहित असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णाली प्रदेश सरकार संकटमा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार