शिवराज नगरका ४४० खरको छानो हटाएर जस्तापाता
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ आइतबार १९:५४:३५
१६ कार्तिक, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाले घरमा खरको छानो हटाउने अभियान थालेको छ । आर्थिक वर्ष २०७६/७७ मा नगरका ४४० खरको छानो हटाएर जस्तापाता वितरण गरिएको छ । नगरपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा दिएपछि घरघरमा जस्तापाता लगाउने कार्य भइरहेको छ ।
लुम्बिनी प्रदेश र नगरपालिकाको रु एक करोड ९० लाखको लागतमा जस्तापाता खरीद गरी वितरण गरिएको नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताए। नगरका अतिविपन्न, असहाय, एकल महिला र अपांगता भएका नागरिकका घरमा रहेका खरको छानो हटाएर जस्तापाता प्रदान गरिएको छ । ‘प्रत्येक वर्ष खरको छानो हटाउने काम निरन्तर हुने छ, दुई वर्षभित्र नगरलाई पूर्ण खरको छानोरहित बनाउने योजना छ’, अधिकारीले भने ‘यस वर्ष पनि खरको छानो हटाउने काम भइरहन्छ ।’
नगरको दक्षिणी क्षेत्रका अधिकांश घरमा फुसको छानो रहेकाले आगलागीको जोखिम बढी रहेको उपप्रमुख शिवकुमारी थारुले बताए। वर्षेनी आगलागीका कारण धेरै जनधनको क्षति हुने गरेकाले खरको छानोमुक्त बनाउने योजना अघि सारिएको जनाइएको छ ।
शिवराज– ३ का वडाध्यक्ष टेकलाल सापकोटाले वडामा ४० घरधुरी छनोट गरेर जस्तापाता वितरण गर्ने काम भइरहेको बताए । ‘कतिपयले लगेर लगाइसके, कतिपय लगाउने तयारीमा छन” सापकोटाले भने ‘न्यून आय भएका विपन्न समुदायका नागरिकहरुलाई छनोट गरिएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार