कर्मचारी नहुँदा सेवाग्राही सेवाबाट वञ्चित
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ सोमबार ४:०:४०
१६ कार्तिक, बनेपा । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ देवीटारस्थित इलाका प्रशासन कार्यालयका कर्मचारी कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही सेवाबाट वञ्चित भएका छन् ।
कार्यालयका प्रमुखसहितको सबै कर्मचारी कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही पुगेर दुःख मात्रै पाएका छन् । महाभारत गाउँपालिका–८ का रमेश सिंतान र जितराम सिंतान र वडा नं. ६ का सुस्मिता बजुले नागरिकता बनाउन सो कार्यालय पुगेपनि त्यत्तिकै फर्किएको गुनासो गरे । कार्यालयका कामु प्रमुख रामप्रसाद तिमल्सिनाले भने कामको शिलशिलामा जिल्ला सदरमुकाम आएको बताए ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने कामु कार्यालय प्रमुख कार्यालयको कामको शिलशिलामा सदरमुकाम आएको र छिट्टै फर्कने जानकारी पाएको बताए ।
विसं. २०७५ साल जेठ ९ गते सो कार्यालय स्थापना गरी सेवा शुरु गरिएको थियो । कार्यालयबाट नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि वितरण र राहदानीका लागि सिफारिशसँगै शान्ति सुरक्षा कायम, लागुऔषध र मदिराजन्य पदार्थको नियन्त्रण गर्न स्थानीयस्तरमा समन्वय गरेर काम गर्न अधिकार प्रत्यायोजन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार