भारतको विहारमा गर्भनर, उप–मुख्यमन्त्रीसहित ९४ सदस्यका लागि मतदान
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार २०:३०:५६
१८ कार्तिक, पटना । भारतको विहार राज्यका मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । कुल ९४ संसद सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । मतदान स्थानीय समय अनुसार विहान ७ बजे शुरु भएको होे ।
कोरोनाभाइरसको महामारीका बीचमा पनि विहारमा निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचन यसअघि अक्टोबर २८ तारिखमा नै सम्पन्न भइसकेको छ । त्यस बेला ७१ सांसद सदस्यका लागि प्रतिस्पर्धा भएको थियो ।दोस्रो चरणको निर्वाचनका लागि दुई करोड ८६ लाख मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएका छन् । तीन चरणका निर्वाचनमध्ये सवैभन्दा धेरै मतदाता दोस्रो चरणका लागि रहेको आयोगले जनाएको छ ।
दोस्रो चरणमा मतदान हुने निर्वाचनमा एक हजार ४६४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तीमध्ये भारतीय जनता पार्टी (विजेपी) बाट ४६ जना, जनता दल युनाइटेडबाट ४३ जना, राष्ट्रिय जनता दल (आरजेडी) बाट ५६ जना र काँग्रेसबाट २४ जना उम्मेदबार रहेका छन् ।अन्य पार्टीहरुबाट र स्वतन्त्र रुपमा पनि अरु धेरै उम्मेदवारहरु चुनावी मैदानमा रहेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । निर्वाचनमा सहभागी उम्मेदवारमध्ये पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको छोरा तेजस्वी यादव र तेज प्रतापको उम्मेदवारी बढी चर्चामा छन् ।
तेजस्वीलाई महागठबन्धनको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवारका रुपमा पनि हेरिएकाले बढी चर्चा भएको हो । उनी रंङ्गपुरबाट उम्मेदवार हुन ।दोस्रो चरणको मतदानमा विहारका गर्भनर फागु चौहानले पटनाअन्तर्गत पर्ने डिघामा रहेको सरकारी विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा गएर मतदान गरेका छन् ।त्यसैगरी उप–मुख्यमन्त्री सुशिल कुमार मोदीले राजेन्द्र नगरमा रहेको जोसेफ उच्च माध्यामिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्र नंं। ४९ मा मतदान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार