कर्णालीमा क्वारेन्टाइन हटाएर आइसोलेसन थपिदै
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १८:३७:४३
२० कार्तिक, सुर्खेत । कर्णालीमा सबै क्वारेन्टाइन हटाएर आइसोलेसन थपिने भएको छ । प्रदेशका सबै जिल्लाहरुमा क्वारेन्टाइन हटाएर ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय प्रदेश सरकारले गरेको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जनसंख्या तथा कोरोना संक्रमितको चापका आधारमा प्रदेशका प्रत्येक जिल्लाहरुमा २५ देखि ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमितहरुको उपचारको लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार भएनभएको, अक्सिजन प्लान्ट, अक्सिजन रिफिल जस्ता स्रोतसाधनको उपलब्धताबारे सामाजिक विकास मन्त्रालयलाई यस्को अनुगमन गर्ने जिम्मा दिइएको छ ।
कोरोना संक्रमणको बढ्दो अवस्थालाई हेरेर आवश्यक दक्ष जनशक्ति परिचालन गर्ने, कोरोनाबाट हुने मृत्युदर घटाउन आवश्यक कार्य गर्नेसमेत केन्द्रको बैठकले निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार