कावासोती नगरपालिका एक हप्ताका लागि बन्द
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार १५:२२:१३
२१ कार्तिक, नवलपुर । नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’को कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए ।
आगामी कार्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने पुरीले बताए । नगरपालिलकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड संक्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएका छैन ।
नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार