यस वर्ष रुकुमपूर्वमा पनि तिहारमा देसी भैलो खेल्न नपाइने
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शुक्रबार २०:०:३६
२१ कार्तिक, रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्ष तिहारमा देसी भैलो खेल्न नपाइने भएको छ । कोभिड–१९ को कारण देउसी भैलोका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन् ।
देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना संक्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष जिल्लामा देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विगत एक महिनायता जिल्लामा कोरोनाका सक्रिय संक्रमित छैनन् । जिल्लामा सक्रिय सङ्क्रमित छैनन् भनेर लापरबाही गर्न कसैलाई छुट नभएको प्रमुख जिल्ला अधिकारी राजकुमार राइले बताए ।
विगतका वर्षझै तिहारमा दाइभाइ दिदीबहिनी कहाँ र दिदी बहिनी दाइभाइ कहाँ नजान पनि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सबैमा आग्रह गरेको छ । हामी रहेमात्र हाम्रा चाडपर्व रहन्छन् भन्दै उनले सबैलाई अहिले आफू बसिरहेको ठाउँमा सुरक्षित भएर बस्न जिल्लावासीलाई आग्रह गरे ।
यसपालीको तिहारमा कोहीकसैले निर्णय विपरीत देउसी भैलोको कार्यक्रम सञ्चालन गरेमा कानूनअनुसार कारवाही गरिने प्रजिअ राइले चेतावनी दिए । प्रजिअ राइले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दैनिक कामकाज एवं चाडपर्व मनाउन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार