हुम्ला पुगे कर्णाली प्रदेशका मुख्यमन्त्री शाही
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ शनिबार १८:५९:५७
२२ कार्तिक ,सिमकोट । प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् । प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमका लागि उनी यहाँ आइपुगेका हुन ।
जिल्लाको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझ्न आफू हुम्ला आएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । प्रदेशबाट आएका कार्यक्रमको प्रगति भए नभएको अवस्थाबारे बुझ्न र दुर्गम जिल्लामा दिउँदको समयमा सरकारी कार्यालय कार्यालय सहयोगीको भरमा जिम्मा लगाउने रोग पुरानै भएकाले यसको अन्त्य गरीने मुख्यमन्त्री शाहीले बताए । संघ, प्रदेश र स्थानीयतह तीनवटै सरकारको आवश्यक समन्वय र सहकार्य नहुँदा विकासका लागि विनियोजन गरिएको बजेटले केही काम नगर्ने मुख्यमन्त्री शाहीले बताए ।
विकासका लागि कार्यक्रम टुक्राटुक्रा नगरी एकीकृत बनाएर गर्नुपर्ने आजको आवश्यकता रहेको मुख्यमन्त्री शाहीको भनाइ छ । उनले ग्रामीणबस्तीमा पूर्वाधार निर्माण गरी तिनलाई बजारसँग जोड्न सकेमा कर्णाली प्रदेश सरकारले राखेको नारा ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को लक्ष्य पूरा हुने विश्वास व्यक्त ग ।
हुम्लाका नेकपाका पार्टी कार्यकर्तासँग अन्तरक्रिया, स्थानीय तहका जनप्रतिनिधिसंँग तथा प्रदेश सरकार मातहतका जिल्ला कार्यालय प्रमुखसँगको भेटघाट कार्यक्रम रहेको मुख्यमन्त्रीका सचिवालयका सदस्य लोकेन्द्र शाहीले जानकारी दिए। हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ मा पर्ने लिमी लाप्चा क्षेत्रको स्थलगत अध्ययन गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार