तिहारसम्म मालपोत कार्यालयका सेवा बन्द, जिल्ला प्रशासनमा आलोपालो !
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ सोमबार ३:५३:४४
२३ कार्तिक, सिन्धुपाल्चोक । मालपोत कार्यालय, चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ । कार्यालयले आज सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरेको हो ।
कार्यालयका निमित्त कार्यालय प्रमुख गोवद्र्धन ढकालद्वारा जारी विज्ञप्ति प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी सतर्क रहनुपरेकाले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।
जिल्ला प्रशासनमा पनि आलोपालो
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले समेत आलोपालो सेवा दिने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी सुचनानुसार अब हरेक स्थानीय तहका सेवाग्राहीले हप्तामा एक दिन मात्रै सेवा पाउनेछन् । जारी सुचना अनुसार चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाँउपालिकाका सेवाग्राहीले आइतबार मात्रै सेवा पाउनेछन् र सो बाहेक अन्य दिन ती स्थानीय तहका सेवाग्राहीलाई कार्यालयले सेवा दिइने छैन ।
नयाँ नीतिअनुसार सोमबार मेलम्ची नगरपालिका र बलेफी गाँउपालिका, मंगलबार बाह्रबिसे नगरपालिका र हेलम्बु गाँउपालिका, बुधबार त्रिपुरासुन्दरी गाँउपालिका र लिसंखुपाखर गाँउपालिका, बिहीबार भोटेकोसी गाँउपालिका र पाँचपोखरी गाँउपालिका र शुक्रबार सुनकोशी गाँउपालिका र इन्द्रावती गाँउपालिकाका स्थानीयले मात्रै सेवा पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार