कोराना नियन्त्रणका लागि गण्डकीमा २५ करोड खर्च
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ मंगलबार ०:४६:११
२४ कार्तिक, पोखरा । विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको रु ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको जानकारी दिए ।
डा। केसीका अनुसार प्रदेशमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई रु पाँच करोड २७ लाख ७३ हजार जोखिम भत्ता उपलब्ध गराइएको छ । त्यसैगरी ४७ गाउँपालिका र नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापनका लागि पनि रु एक करोड ५३ लाख उपलब्ध गराइएको छ ।
८५ स्थानिय तह भए पनि जहाँ जहाँ क्वारेन्टाइन सञ्चालन छन् त्यहाँ मात्र रकम उपलब्ध गराइएको उनले जानकारी दिए । उनले कोभिड–१९ का लागि प्रदेशका जिल्लामा आइशोलेसन, पीसीआर मेशिनदेखि अन्य आवश्यक उपकरण, भौतिक पूर्वाधार, स्वास्थ्य सामग्रीलगायतका सामान खरीदका लागि उक्त रकम खर्च भएको जानकारी दिए। प्रदेशका केही जिल्लामा उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको अभावले समस्या सृजना भएको उनको भनाइ छ ।
गण्डकी प्रदेशको कोरोना सङ्क्रमणको ग्राफ हेर्ने हो भने सबै भन्दा बढी संक्रमित कास्कीमा रहेका छन् । कास्कीमा ४२.९६ प्रतिशत देखिएको छ । त्यसपछि नवलपरासीको पूर्व, तनहुँ, बागलुङ गोर्खा स्याङ्जा, पर्वत, लमजङु म्याग्दी रहेका छन् भने मनाङ मुस्ताङ खतरा बाहिर छ ।
महामारी बढ्दै जाँदा पोखरा महानगरपालिकाले १०४ शै्ययामा अक्सिजन पाइप जडानको शुरुआत गरेको छ । जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनको लागि रु१९ लाख बजेट छुट्याएर काम अगाडि बढाइएको उपप्रमुख मञ्जु गुरुङले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार