जीवनस्तर उकास्न सामूहिक आलुखेती गर्दै दलित महिला [ फाेटाे फिचर ]
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार २०:९:३५
तोलाकान्त बगाले
८ मंसिर, वालिङ । यहाँका दलित महिलाहरुले सामूहिकरुपमा आलु खेतीको सुरुवात गरेका छन् । स्याङ्जाको वालिङ ९ का दलित महिलाहरुले सामूहिकरुपमा वालिङ १० बामलेटारमा आलु खेती थालेका हुन् । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा वालिङमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत सामूहिक आलु खेती गरिएको हो ।
४० जना दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्थामार्फत पाँच रोपनी जग्गा भाडामा लिएर सामूहिक आलु खेती गरेको संस्थाका अध्यक्ष सुनिता विश्वकर्माले बताइन । “नगरपालिकाले आलुको बीउ, आवश्यक मलखाद तथा अन्य औषधिहरु निशुल्क उपलब्ध गराएको छ” अध्यक्ष विश्वकर्माले भने, “समूहमार्फत हामीले श्रममात्रै गरे पुग्छ ।”
महिला दिदीबहिनीहरुले सानो सानो रकम खर्च गर्न पर्दा पनि श्रीमानकाे मुख ताक्नुपर्ने अवस्था रहेकाले महिला दिदीबहिनीहरु आँफै आत्मनिर्भर बन्न सक्ने हुनुपर्छ भन्ने मुख्य उद्देश्यले समूहमार्फत ब्यवसायिक आलु खेती गरेको अध्यक्ष विश्वकर्माले बताए। कोभिड-१९ का कारण आर्थिक मार परेकोले जीवनस्तर उकास्नका लागि सामूहिक आलुखेती थालेको संस्थाका कोषाध्यक्ष सुविना विकले बताए ।
उत्पादन भएको आलु समूहले आँफै बिक्री गर्ने र बिक्री गर्न नसकेको खण्डमा नगरपालिकाले बजार ब्यवस्थापना गरिदिने कोषाध्यक्ष विकले बताए । वचत भएको रकम समूहभित्रैका महिलाहरुको आर्थिक सशक्तिकरणका लागि प्रयोग गर्नेछन् । समूहले पाँच रोपनी क्षेत्रफलमा ‘जनकदेव’ जातको आठ क्वीन्टल बीउ लगाउने भएको हो ।
आलु प्राविधिकहरुको प्रत्यक्ष निगरानी र सल्लाहमा नगरपालिकाका तीन वटा क्षेत्रमा सामूहिक आलु खेती गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताए । “समूहमार्फत काम गर्दा एकापसमा सीपको आदान प्रदानका साथै सहजता हुने भएकाले समूहमार्फत गरिने खेती प्रणालीलाई जोड दिएका हौं” अध्यक्ष तिवारीले भनिन, “सामूहिक खेतीले आम्दानीमा बृद्धि र सामूहिक भावनाको विकासमा सहयोग पुग्ने ठानेका छौं ।”
यसका अलावा परियोजना अन्तर्गत वालिङ १४ को पनियारेमा १५ रोपनीमा १० क्वीन्टल र वालिङ ६ मा १० रोपनीमा ८ क्वीन्टल आलु लगाईने भएको हो । नगरपालिकाले समूहमार्फत गरिने खेती प्रणालीलाई प्राथमिकता दिंदै उत्पादकत्व बृद्धिमा जोड दिएको नगर प्रमुख दिलीप प्रताप खाँणले बताए ।
“परम्परागत कृषि प्रणालीबाट माथि उठेर आधुनिक कृषि प्रणालीलाई अंगिकार गर्दै अगाडि बढ्नुहोस्” नगर प्रमुख खाँणले भने, “उत्पादित कृषि तथा पशुजन्य बस्तुहरुको ब्यवसायीकरण, आवश्यक यन्त्र उपकरण, औजारहरुका साथै बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने छ ।”
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङका १४ वटै वडामा उत्पादन बढाउने गरी अभियान सुरु गरिएको नगर प्रमुख खाँणले बताए । “हाम्रो ध्यान भनेकै यस ठाउँको वातावरण र माटो सुहाउँदो उत्पादनमा जोड हो” नगर प्रमुख खाँणको भनाई थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार