अध्यक्षले मनपरी गरेको भन्दै बदरको माग गर्दै अदालतमा मुद्दा
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार २२:४२:२८
८ मंसिर, लहान । गाउँसभा बदरको माग गर्दै सिरहाको बरियारपट्टी गाउँपालिकाका उपाध्यक्ष तथा केही वडाअध्यक्षले अदालतमा मुद्दा दायर गरेका छन् ।
कानूनी प्रक्रिया पूरा नगरी गाउँपालिकाका अध्यक्षले मनपरी रुपमा गाउँसभा गरेको भन्दै बदरको माग गर्दै गाउँपालिकाका उपाध्यक्ष रेखाकुमारी यादव, वडा नं १ का वडाध्यक्ष नेवालाल यादव, वडा नं ४ का वडाध्यक्ष नवीनकुमार यादव र स्थानीय गुमस्ताकुमार यादवलले उच्च अदालत जनकपुर इजलाश राजविराजमा मुद्दा दायर गरेका हुन् ।
गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले केही वडाध्यक्षको मिलोमतोमा कानून विपरीत गाउँसभा गरेको भन्दै गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको कानूनका विद्यार्थीसमेत रहेका गुमस्ताकुमार यादवले जानकारी दिनुभयो ।
असार १० गतेभित्र गाउँसभा गरिसक्नुपर्ने प्रावधान भए पनि गत कात्तिक २ गते बरियारपट्टी गाउँपालिकाको गाउँसभा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार