कालिकोटको पलाता गाउँपालिकामा डकैती शैलीमा भ्रष्टाचार, सिडिओ आचार्यसँग छानविनका लागि माग
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार २२:३५:१५
९ मंसिर, कालिकोट । कालिकोटको पलाता गाउँपालिकामा डकैती शैलीमा भ्रष्टाचार मौलाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कालिकोटले प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यलाई कारबाही गर्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।
चर्चित कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलमार्फत नमुना घर निर्माणका लागि आठ लाखका दरले रु. २४ लाख नगद रकम गाउँपालिका अध्यक्षको हातमा पारिएको भएपनि सोको लेखाजोखा र हिसाबकिताब देखिने कुनै काम नभएको राप्रपाले जनाएको छ ।
राप्रपाले कालिकोट जिल्ला पलाता गाउँपालिकाको स्थानिय सरकारले हरेक योजनाहरुमा गरिरहेको चरम भष्ट्राचार, अनियमितता र स्थानीय सरकारको गैरजिम्मेवारीबारे सीडीओ आचार्यलाई जानकारी गराएका हुन् ।
ज्ञापनपत्रमा पलाता सरकारले गरेका केही अनियमितताका कृयाकलाप र पलाताका हरेक नागरिकले पलाता सरकारका गतिविधिबाट भोगिरहेका समस्याहरु १३ बुँदे ज्ञापनपत्र बुझाएका छन् भने उनीहरुले १५ दिन भित्र सम्पुर्ण समस्याको समाधान, पलाताबासीलाई न्याय, अधिकारको अनुभुति दिलाउने गरी सम्बन्धित निकायबाट स्थलगत अनुगमन गर्नसमेत सुझाव दिएका छन ।
ज्ञापनपत्रमा जनतालाई न्याय दिलाउने र भष्ट्राचारीलाई कारबाहीको कानुनको दायरामा ल्याउनु पर्ने माग गर्दै समयमा समाधान नभए जनसंघर्षका चरणबद्ध कार्यक्रमहरु गर्ने राप्रपा पलाताले जनाएको छ । ज्ञापनपत्र बुझाउन राप्रपा, कर्णाली प्रदेश सांसद सोशीला शाही, जिल्ला अध्यक्ष धनबहादुर बटाला, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका बरिष्ठ उपाध्यक्ष निराजन बम, जिल्ला सचिव मदन रोकाय लगायतको उपस्थिति रहेको थियो ।
राप्रपा पलाताले निम्न बुँदासहितको मागहरु गरेका छन् :
१. वडा नं.१ खाडाका अग्नी पीडित परिवारको सहयोगका लागि विभिन्न संघस्था तथा देश विदेशमा रहेका सहयोगीले पठाएको रकम गाउँपालिका अध्यक्ष, नि.प्रशासकिय प्रमुख र लेखापालको नाममा संयुक्त खाता खोली राहत हिनामिना भएको भनी अग्नी पीडित परिवारहरुले हस्ताक्षरसहितको लिखित निवेदन दिंदै आफ्नो नाममा प्राप्त भएको राहत माथि भएको दुरुपयोगको उचित छानविन गरी माग भएकोले र तिन नमुना घर निर्माणका लागी इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेलमार्फत आठ लाखका दरले रु. २४ लाख नगद रकम गापा अध्यक्षको हातमा पारिएको हुँदा हुदै उक्त नमुना घर हालसम्म पनि निर्माण नभएको हुँदा सो रकमसमेत हिनामिना हुन गएकोले अग्नी पीडित परिवारसँग यस विषयमा बुझि पीडित पक्षको न्यायका लागीिमाग गरिन्छ ।
२. पलाता गाउँपालिकामा पर्ने मुलखोला कोल्थे र हुप्पे हुदै बग्ने दाम्रिगाड खोलामा विभिन्न सिंचाईका माध्यामबाट परापुर्वकाल देखी सिंचाई तथा खानेपानीको मुहान छिमेकी गाउँपालिका पचालझरनालाई जनताको रोहवर विना एकलौटी निर्णय गरी उक्त मुहान बेची पलाँताका जनतालाई सिंचाई तथा खानेपानीमा ठुलो असर पर्न गएको हुँदा उक्त निर्णय सच्चाई पलाँता बासी माथी पर्न गएको असरलाई गम्भिर रुपमा लिई सम्बन्धित निकायबाट समस्याको समाधानका लागि जोडदार माग गरिन्छ ।
३. पलाता गाउँपालीकाको सरकारले सड्क निर्माण गर्ने क्रममा जग्गा धनीसंग कुनै परामर्ष नगरी सडक निर्माण गर्दा हाल अएर विभिन्न ठाउँमा पीडित पक्षबाट पर्खाल लगाई लामो समयदेखी सिङगो पलाँता बासीलाई हिडडुल र खाद्यान ढुवानी तथा यातायातमा पर्न गएको महङगी र असरप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त पीडित परिवारका मागलाई यथासिघ्र सम्बोधन गरी सडक खण्ड खुलाउन माग गरिन्छ ।
४. पलाता गाउँपालिकामा हालसम्म नि.कार्याकारी प्रमुखबाट कार्य संचालन भईरहेता पनि पलाँताबासीलाई कार्यकारी प्रमुख आवश्यकता भई रहदा पनि हालसम्म प्राप्त गरिरहेका छैनन् । यसको यथासिघ्र व्यावस्थापन गर्न माग गरिन्छ । साथै गा.पा.अध्यक्ष,नि.प्रशासकिय प्रमुख,प्राविधिक प्रमुख समेत वडा नं.९ निवासी भएकाले पलातामा भए गरेका भष्ट्राचारका गतिविधिमा थप टेवा पुग्न एक प्रमुख कारण समेत भएको हुँदा यसलाई गम्भिर रुपमा लिइ यसलाई हेरफेर गर्न माग गरिन्छ ।
५. पलाता गाउँपालिकामा सिर्जना गरिएका दरबन्दीबाट राहत तथा निजी स्रोतका शिक्षक, करार र ज्यालादारी नियूक्ति गरिएको कर्मचारीको तलव सामाजिक सुरक्षा भत्ता, बालपोषण,एकल महिला,अपाङग भत्ता तथा विकासका योजनाहरुमा काम गर्ने श्रमिकहरुको पारिश्रमिक समेत लामो समयदेखि प्राप्त नगरेकोले यस प्रति गम्भिर भई निश्चित समय भित्र यस्ता नगरिकका अधिकारलाई यथासिघ्र व्यवस्थापन गर्न माग गरिन्छ ।
६. पलाता गाउँपालिकामा विभिन्न विकासका योजनाका उपभोक्ता समितिले राखिएको धरौटी रकम योजना सम्मपन्न गरी गा.पा.लाई हस्तान्त्रण गरेपनि करिव ९० लाख धरौटी रकम हाल सम्म उ।स।लाई फिर्ता नगरेको हुँदा कानुन सम्बत फिर्ता गर्ने रकम भएकोले यथासिघ्र फिर्ता गरियोस ।
७. पलाता सरकारले गत आ.व.२०७६/०७७ मा निशुल्क शिक्षा र कर मुक्त गाउँपालिका घोषण गरेतापनि हाल पलातामा अध्ययनरत विद्याथीलाई शुल्क लगी मात्र परिक्षामा सामेल हुन पाउने गरिएको निर्णयले आम पलाताका विद्यार्थी र पलाता बासी कुनै पनि वडा कार्यालयमा सेवा सुविधाका लागी सिफारिस समेत लिदा चरम कर असुली गरि आफ्नो निर्णयको आफै उल्लघन गरि सरकारको गैर जिम्मेवारी पुर्ण कार्यको छानविन गर्न जोडदार माग गरिन्छ ।
८. पलाता गाउँपालिकाले विरामी लाई अस्पताल सम्म लौजानका लागी आर्थिक वर्ष २०७६/०७७ मा विनियोजिन रकम १० लाख ८८ हजार ५ सय एम्बुलेन्स खरिदका लागी विनियोजिन गरिएको थियो । हाल सम्म पलाती बासीले एम्बुलेन्स प्राप्त गरेका छैनन् । सरकारका यस्ता कार्य बाट पलाती जनतालाई पर्न गएको समस्या प्रति राप्रपा।पलाता खेद व्याक्त गर्दछ । यथासिघ्र एम्बुलेन्सको व्यावस्थापनका लागी विनियोजिन रकमबाट एम्बुलेन्स खरिद गरी गापामा संचालनमा ल्याउनका लागी माग गरिन्छ ।
९्. गा.पा.मा अवश्यक विकासी तथा अफिसियल सामाग्रि १ लाख देखि एक करोड सम्मका सामाग्रि खगरिद गर्दा सार्वजनिक खरिद ऐ.न.का.विधि प्रकृया पुरानगरी वा वाहिर नल्याई आन्तरिक कामिसनको मिलीमोतोमा खरिद गरि बजेटको चरम दुरुपयोग भएकोले यसको छानविन गरियोस ।
१०. पलाता गाउँपालिकामा खरिद गरिएका Welcome Palanta नामक ४ थान यातायात मध्य हाल सम्म वडा नं.९ मा संचालीत १ थान,वडा नं.२ मा १ थान मात्र संचालनमा आएका छन । पलातामा संचालित यातायातका साधनले निजी तथा निर्माणका सामाग्रि ढुवानी गरी यातायातको दुरुपयोग भएको र बाँकी २ थान गाडी विगत लामो समय देखी गा.पा. भन्दा बाहिर सुर्खेत कालीकोट जुम्ला र काठमाण्डौं सडकमा नेता तथा कार्यकर्ता ओसार पोसार परियोजनका लागी प्रयोग हुँदै आएकाले पलाती जनताको करबाट खरिद गरिएका यातायातले पलाँता बासी जनताको सेवा सुविधामा सहयोग पु¥याउने पर्नेमा यस्ता कार्य बाट पलाँताबासी मा पर्न गएको असुविधा प्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ ।
११.पुर्व पि.एल.ए.पोल्टी फर्मका नाममा गाउँपालिकाको सरकारी बजेट रु.९ लाख छुट्याई एक जना व्यक्ति लक्षित गरी बजेटको दुरुपयोग गरिएको ले यसको छानविन गरि सरकारलाई फिर्ता गरियोस ।
१२. कोरोना भाइरस नियन्त्रणका लागी गाउँपालिका, प्रदेश बाट उपलब्ध झण्डै एक करोड बजेट बाट लकडाउनको समयमा देश विदेशका विभिन्न ठाउँमा अल्पत्र परेका पलाँती जनताको उद्दार कार्यमा कु्नै प्रभावकारी व्यावस्थापन नगरी न्यून आयस्रोत भएका विपन्न परिवारलाई खाद्यान राहत समेत वितरण गनरी बजेटको दुरुपयोग भएको जन गुनासो आएकोले यथासिघ्र छानविन गरियोस ।
१३. नेपाल टेलिकमको टावर विगत ३ बर्ष देखि निर्माणकार्य अवरुद भै हाल सम्म सिङगो पलाँता गा.पा.का जनताले नेपालटेलिकमको सेवा सुविधाबाट वन्चित भएको हुँदा यसमा हाम्रो ध्यानकर्षण भएको छ । उक्त निर्माण प्रकृया सम्पन्न गरी पलाँती जनतालाई प्रविधि संग जोडनका लागी यथासिघ्र सेवा सुचारु गरियोस ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार