अतिविपन्न तथा दलित घरपरिवारलाई खाद्यान्न सहयोग
नेपालबहस संवाददाता
मंसिर १६, २०७७ मंगलबार १८:५०:१५
१६ मंसिर, सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका अतिविपन्न तथा दलित समुदायका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सोही वडाका तोर्पागाउँका प्रेमदोर्जे लामाकोे व्यक्तिगत सहयोग तथा छिरिनपाल्देन लामाको सहकार्यमा खाद्यान्न वितरण गरिएको हो ।
विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण केही राहत होस् भन्ने उद्देश्यका साथ बरगाउँका ४३ दलित तथा अतिविपन्न वर्ग, पिछडिएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको छिरिनपाल्देन लामाले बताए । उक्त गाउँका प्रतिघरपरिवारलाई २५ किलोको दरले ४३ बोरा बासमती चामल वितरण गरिएको लामाले बताए ।
हुम्लादेखि पहिलो सगरमाथा आरोही गर्ने प्रेमदोर्जे लामाले मङ्सिर १४ गते नेपालगञ्जबाट हवाईमार्फत ढुवानी गरी गाउँमा पुर्याएर राहत सहयोग गरिएको हो । देशभर कोभिड–१९ शुरु भएदेखि नै बरगाउँका दलितलाई खानाको समस्या हुने भएपछि आफूले उनीहरुका लागि सानो सहयोग गरेको प्रेम लामाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार