सहुलियतपूर्ण कृषि कर्जाका लागि गाउँपालिकासँग लक्ष्मी बैंककाे सम्झौता
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार ६:०:३३
१९ मंसिर, काठमाडौं । लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको छ । यस सम्झौता अन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानिय कृषी उद्यमि, कृषि समूह, कृषि सहकारी लगायत अन्य संघसंस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्छनेन् ।
आज एक कार्यक्रम बीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा त्रिवेणी र बाँफिकोट गाउँपालिकाका अध्यक्षहरु क्रमशः झक्कु प्रसाद घर्तिमगर र धर्मबहादुर केसीले उपरोक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकले कृषि कर्जालाई प्राथमिकतामा राख्दै आएको र सोका लागि छुट्टै इकाइसमेत स्थापना गरेको जानकारी गराए । कार्यक्रममा उपस्थित पूर्व उर्जामन्त्री जनार्दन शर्माले सम्झौतामाथि आफ्नो धारणा राख्दै रुकुम पश्चिमका अन्य स्थानीय निकायहरुका लागि समेत यस्तै सम्झौता गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार