कर्णाली क्षेत्रमा आँखा सेवा प्रभावकारी बनाउन साझेदारी
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार १६:४:५८
२२ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा गुणस्तरीय र पहुँच योग्य आँखा सेवा विस्तार गर्न नेपाल नेत्रज्योती संघ र नेपाल रेडक्रस सोसाइटी ‘नेरेसो’ साझेदारीमा कार्य गर्ने भएका छन् । सो को लागि आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र नेरेसोको तर्फबाट महामन्त्री पिताम्बर अर्यालले आगामी ५ वर्ष सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल रेडक्रसले कर्णाली प्रदेशमा स्थापना गरेको सुर्खेत आँखा अस्पतालको क्षमता अभिबृद्धि गरी एकिकृत कर्णाली आँखा कार्यक्रम विस्तार गरी रिफरल अस्पताल बनाउन दुवैपक्ष सहमत भएका हुन् ।
कार्यक्रममा नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले नेपाल रेडक्रसले आँखा सेवालाई प्राथमिकता दिँदै आएको र स्वीस रेडक्रस लगायत संस्थाहरुको सहयोगमा आँखा सेवाका साथै पोषण, स्वास्थ्य र सरसफाई जस्ता गतिविधिहरु एकिकृत गरी समुदायमा सेवा पुर्याएको जानकारीे दिए । नेपाल नेत्रज्योती संघका अध्यक्ष चेतराज पन्तले भने, ”कर्णाली प्रदेशका जनताले अन्धोपन र बहिरोपन निवारण सम्बन्धी सेवा र प्रतिफल पाऊन भन्ने उद्धेश्यले यो सम्झौता गरिएको हो । ”
सम्झौतामा हस्ताक्षर गर्दै नेरेसो महामन्त्री पिताम्बर अर्यालले भने, रेडक्रसको स्वयंसेवकको सञ्जाल र नेत्रज्योति संघको आँखा सेवामा प्राविधिक क्षमताको सवल पक्षहरुलाई मिलाएर कर्णालीका समुदायलाई सेवा गर्ने समझदारीलाई सफल बनाउन स्थानीय स्तरको सहकार्यलाई सुदृढ बनाइने छ । सोही अवसरमा नेपाल नेत्रज्योती संघका महासचिव भरत बहादुर चन्दले कर्णाली प्रदेशलाई लक्षित गरी दुवैसँस्था संगै काम गर्ने सन्देश आफैमा सुखद रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाल नेत्रज्योती संघका कार्यकारी निर्देशक, कर्णाली कार्यक्रम संयोजक, रेडक्रसका स्वास्थ्य सेवा विभागका निर्देशक पवन गुप्ता, सञ्चार विभाग निर्देशक दिव्यराज पौडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । सुर्खेत आँखा अस्पतालको क्षमता अभिबृद्धिगरी समुदायमा आँखा सेवालाई प्रभावकारी बनाउन र यसमा प्रदेश र स्थानीय सरकार, स्वीस रेडक्रस, सिविएम इन्टरनेशनलका साथै अरु सरोकारवालासँग पनि सहकार्य बढाउन दुवै सँस्था सहमत भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार