कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी भेटिए
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ मंगलबार ३:४१:५१
२२ मंसिर,कर्णाली । कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन् । साइनिङ अस्पताल, आइएनएफ नेपाल सुर्खेतले आज पत्रकारसम्मेलन गरी ४९ नयाँ कुष्ठरोगी पत्ता लागेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ४९ जना कुष्ठरोगका बिरामी पत्ता लागेको अस्पतालका व्यवस्थापक मङ्गल थारूले बताए । उनका अनुसार नयाँ भेटिएका कुष्ठरोगीमा सबैभन्दा धेरै सुर्खेतका १४ जना रहेका छन् भने जाजरकोट १३, दैलेख नौ, कालीकोट छ, सल्यान दुई, जुम्ला एक र अन्य जिल्लाका चारजना छन् ।
नयाँ कुष्ठरोगका बिरामीमध्ये १५–५९ वर्ष उमेर समूहका ३९ जना, ६० वर्ष नाघेका छ र एकदेखि १४ वर्ष उमेर समूहका चारजना छन् । उनीहरु अधिकांशको शरीरमा घाउ भेटिन्छ । व्यवस्थापक थारूले कुष्ठरोगको निदानबारे प्रचारप्रसार तथा रोगी पत्ता लगाउन ती स्थानहरुमा घुम्ती शिविर जस्ता कार्यक्रमको विस्तार आवश्यक रहेको बताए । कोरोना महामारीका कारण यस वर्ष रोग जाँच गर्ने बिरामीको सङ्ख्या ह्वात्तै घटेको उनको भनाइ थियो ।
कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटसहित कुष्ठरोगका बिरामीको सङ्ख्याका आधारमा नेपालका १६ जिल्ला जोखिममा रहेको व्यवस्थापक थारूले बताए। यो रोगको लक्षण देखापरेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराउन सकेमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरुपले निको भएर अपाङ्गता हुनबाट बच्न सकिने अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार