अबू बकर शेकाऊको टाउकाको मूल्य ८२ करोड ५८ लाख
नेपालबहस संवाददाता
मंसिर २३, २०७७ बुधबार २:४:२६
२३ मंसिर, मंसिर । विश्वकै खुँखार आतंकवादीको सूचीमा रहेका अबू बकर शेकाऊको टाउकाको मूल्य तोकिएको छ । अबू बकर शेकाऊको टाउकाको मूल्य अमेरिकाले ७० लाख अमेरिकी डलरको घोषणा गरेको हो ।
अफ्रिकी मुलुक नाइजेरियाको विद्रोही समूह बोको हरामका कमाण्डर अबू बकर शेकाऊ यस्ता ब्यक्ति हुन् जसकोे एक इशारामा आतंकवादीको फौज क्षणभरमा रगतको होली खेल्न तयार हुन्छन् । नाइजेरियाको ठूलो हिस्सा उनको कब्जामा छ, जहाँ उनकै आदेश शिरोपर हुन्छ । अमेरिकाले उनै अबू बकर शेकाऊको नाम मोस्ट वान्टेडको सूचीमा राखेर उनको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर ९८२ करोड ५८ लाख ४० हजार रूपैयाँ० तोकेको हो ।
बोको हरामको मुखिया अबू बकर पछिल्ला केही बर्षदेखि नाइजेरियामा भइरहेको नरसंहारको जिम्मेवार हुन् । अबू बकर शेकाउको नाम मात्रै पाँच वटा छ । अबू बकर शेकाऊ उर्फ दारूल तौहीद, अबू बकर शिकवा, इमाम अबू बकर र शिकू उर्फ अबू मुहम्मद अबू बकर बिन मोहम्मद अल शकवी अल मुस्लिमी बिशक ।
अबू बकर शेकाऊ इस्लामिक अतिवादी संगठन आई.एस.आई.एसका प्रमुख अबू बकर अल बगदादी भन्दा दुई गुणा प्रभावशाली नेता मानिन्छन् । बगदादी जस्तै यिनको पनि नाइजेरिया र आसपासको देशलाई इस्लामिक स्टेट बनाउने सपना छ ।
अबू बकर नाइजेरियाको कमाण्डर बनेयता यिनको इशारामा बोको हराका लडाकुले पछिल्लो समय नाइजेरियाको अलग अलग शहरमा जारी राखेको हिंसामा हजारौं मारिएका छन् भने लाखौं विस्थापित भएका छन् ।
हाल नाइजेरियाको उत्तर पूर्वका तीन राज्यमा उनको हुकुम चल्ने गरेको छ । त्यति मात्र होइन विश्वका आतंकवादी समूहका कमाण्डरहरुमा शेकाऊ छलकपट र भेष बदल्नमा माहिर मानिन्छन् ।
शेकाउले हालसम्म कुनै पनि लडाकुसँग सिधै कुराकानी गरेका छैनन् । लडाकुहरुसँग उनको कुराकानी वक्तब्यमार्फत् हुने गर्दछ । यिनै अबू बकरले अमेरिकाको चुनौती सामना गर्ने धम्की पनि दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार