पूर्वविद्यार्थीद्धारा जनहित माध्यमिक विद्यालयमा सिसी क्यामेरा जडान
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार १४:३१:५
२४ मंसिर, बागलुङ । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । सिसी क्यामेरा जडानका लागि विद्यालयका पूर्वविद्यार्थी तुलवीर थापाले रु एक लाख ६० हजार सहयोग गर्नुभएको थियो ।
प्रशासनिक कक्ष, कक्षाकोठा र विद्यालय परिसरमा गरी १४ थान सिसी क्यामेरा जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए । विद्यालयको रेखदेख, सुरक्षादेखि कक्षाकोठामा सिकाइमैत्री वातावरण सिर्जना गर्न सिसी क्यामेराले सघाउने समितिको विश्वास छ ।
विद्यार्थी कक्षाकोठामा बस्दा पढाइमा ध्यान नदिने, अनावश्यक कुराकानीमा भुल्ने, शिक्षक पनि समयमा नआउनेजस्ता गतिविधिलाई सिसी क्यामेरामार्फत निगरानी र नियन्त्रण गरिने विद्यालय प्रशासनले जनाएको छ । “सिसी क्यामेरा जडानले विद्यालयको भौतिक सम्पत्तिको सुरक्षामा पनि टेवा पुग्ने छ”, अध्यक्ष थापाले भने ।
हाल जापानमा रहनुभएका पूर्वविद्यार्थी थापाले विद्यालयको हित हेरेर सिसी क्यामेराका लागि सहयोग गरेको बताए । यसअघि थापा र उनका दाइ टेकबहादुर मिलेर मल्मका सार्वजनिकस्थलमा सिसी क्यामेरा जडानका लागि रु एक लाख ५० हजार सहयोग गरेका थिए ।
उनीहरुले केही वर्षअघि सोही विद्यालयको स्वर्ण जयन्तीका अवसरमा दिवङ्गत हजुरबुबा र बुबाको स्मृतिमा रु दुई लाख २१ हजार बराबरको अक्षयकोषसमेत खडा गरेका थिए । आफूले पढेको विद्यालयप्रतिको दायित्व सम्झेर सहयोग गरिएको तुलवीरले बताए । उनले गत महिना परेको आफ्नो जन्मदिनमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई रु ५० हजार सहयोग गरे ।
जापानमा रेष्टुराँ व्यवसायमा आबद्ध तुलवीरले विपद्जन्य घटनाका कारण समस्यामा परेका परिवारलाई पनि बेलाबेलामा आर्थिक सहयोग गर्दै आएका छन । आफू प्रवासमा रहे पनि गाउँप्रति उनको सहयोगी मन र भावना जोडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा वरदान
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा
मंसिर १९, २०८१ बुधबार
पहिलो खेलमा जितपछि उत्साहित करण भन्छन्, “चौका भन्दा छक्का हान्न मनपर्छ”
मंसिर १९, २०८१ बुधबार
विद्युतीय तार भूमिगत गरिँदै
मंसिर १९, २०८१ बुधबार
राष्ट्रिय प्रसारणमा जोडियो सुपर काबेलीको विजुली
मंसिर १९, २०८१ बुधबार