कृषिमा लगानी बढाउन ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच सम्झौता
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार २१:१७:१३
२५ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार बैंकले आवश्यक प्रकृया पुरा गरेका कृषकहरुलाई परियोजनाको विशलेषणगरी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ । कृषिको व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि ग्लोबल आइएमई बंैक लिमिटेडले स्थानीय निकायहरुसँगको सहकार्यमा विभिन्न किसिमका कर्जा प्रवाह गर्दै आएको छ ।
मुलुकको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् । कृषि कर्जामा बैंकको सहजीकरणलले उद्यमशीलताको विकास गर्ने, स्वरोजगार बनाउने र स्थानीय निकायहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार