तनहुँका सामुदायिक वनमा नयाँ पोखरी निर्माण अभियान
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शुक्रबार २०:३३:३९
मंसिर २६, बन्दीपुर । तनहुँका सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तनहुँले यहाँका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ र सामुदायिक वनले १५ गरी कूल तीस वटा पोखरी निर्माण गरिने भएको हो ।
मानव वन्यजन्तुुबीचको द्वन्द्व न्यूनीकरणका लागि नयाँ पोखरी निर्माण अभियान थालिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौतारिँदै मानव बस्ती छिर्ने क्रममा मानवीय क्षति हुने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको उनले बताए ।
खोल्साखोल्सीमा पानीको स्रोत नहुनु र कहीँकतै पानीको स्रोत भएका स्थानबाट पनि सबै पानी बस्तीमा लैजाने प्रवृत्तिले मानव तथा पशुपन्छीबीच द्वन्द्व हुने गरेको बताइएको छ । उनले भने, “भानुभक्तको समयमा घाँसीले कुवाँ खनाए भने अब वन्यजन्तुुका लागि मूल, कुवा, पोखरीको संरक्षण गर्नुपर्ने देखिएको छ ।” मानवबस्तीमा पुगेको चितुवाले पानी खाएर अघाएपछि उसको नजिकमा देखा परेका मानव तथा पशुपालनप्रति आक्रमण गर्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।
मांसाहारीजन्य वन्यजन्तुुका लागि खानेपानीको पोखरी र आहार प्रजातिको लागि कलिलो घाँस घाँसेमैदान व्यवस्था गर्ने गरी मानव वन्यजन्तुु द्वन्द्व न्यूनीकरण गर्न अभियान थालिएको छ ।
“सामुदायिक वनलाई पन्ध्र वटा पोखरी निःशुल्करुपमा निर्माण गर्नका लागि आग्रह गरेका छौँ”, उनले भने, “पोखरी खन्छौँ भनी प्रतिबद्धता जनाएर गएका छन्, अब केही दिनमै पोखरी निर्माण भए नभएको अनुगमन गर्ने योजना बनाएका छौँ ।”
जिल्लाको बन्दीपुर, आँबुखैरेनी, भानु, व्यास र शुक्लागण्डकी नगरपालिकास्थित वनजङ्गल आसपास क्षेत्रमा पानीको पोखरी निर्माण गर्न लागिएको हो । डिभिजन वन कार्यालयबाट रु ५० हजारदेखि रु एक लाखसम्मको पन्ध्र वटा पोखरी निर्माण गर्ने योजना रहेको बताइएको छ ।
उक्त क्षेत्रमा चरीबाघ, चितुवा, स्याल, मृग र बँदेल नगण्य देखिएका छन् । चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई घरघरमा उज्यालो बनाएर राख्न, घर वरपर झाडी पन्छाउन र पशुपालन गोठ सुधार गरी मजबुत बनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार