तिलाठी कोइलाडीमा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया
नेपालबहस संवाददाता
मंसिर २६, २०७७ शुक्रबार २१:३:१
धीरुभाइ
२६ मंसिर सप्तरी । तिलाठी कोइलाडी गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता : ब्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा बोल्दै वक्ताहरुले लैंगिक हिंसाको अवस्था दिनानुदिन भयावह बन्दै गएकोले त्यसको न्युनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नु अति आवश्यक भएको बताए । पछिल्ला दिनहरुमा लैंगिक हिंसाका घटनाहरु अत्यधिक संख्यामा बढ्दै जानु चिन्ताको बिषय भएको भन्दै वक्ताहरुले त्यस्ता घटनाहरुले परिवार र समाजलाई नै नोक्सानी हुने कथन थियो । हिंसाका घटनाहरुलाई समाजमै मिलापत्र गराउने गर्नाले त्यस्ता अपराध गर्नेहरुको मनोबल बढ्दै गएको हुँदा समाजमा लैंगिक हिंसाका घटनाहरु बढ्दै गएको वक्ताहरुले बताए ।
सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, खगेन्द्र मण्डल, मनोज चौधरी, गोविन यादव, लक्ष्मीप्रसाद मण्डल, गुलाबप्रसाद सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा तथा वडा सचिवहरु मिथिलेश झा, राजेश सिंह, जगदिश यादव, सन्तलाल मण्डल, मुक्तिलाल यादव सहितकाले मन्तब्य ब्यक्त गरे । गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले स्वागत गर्नुभएको कार्यक्रम जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डलले सञ्चालन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार