डिलाशैनीको लकडाउन पुस ५ सम्म थपियो
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार १५:१३:२१
२९मंसिर, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।”
आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि लागू हुने गरी पुस ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि मङ्सिर २६ गतेसम्म लकडाउन गरिएकोमा जोखिम कायमै रहेकाले गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले पुस ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।
लकडाउनको अवधिमा गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने छन् । साथै विद्यालय पूर्णरूपमा बन्द हुने छन् भने पसल पनि बिहान ८ बजेदेखि ९ बजेसम्म मात्रै खुला हुनेछन् । औषधि पसल, एम्बुलेन्स सेवा भने सञ्चालन हुने छन् । डिलाशैनी गाउँपालिकामा हालसम्म २९ जनामा कोरोना पुष्टि हुँदा १७ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार