काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान सफल
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ बुधबार १:५२:३२
३० मंसिर, सोलुखुम्बु । लामो समयदेखि बन्द रहेको काँगेलडाँडा विमानस्थलमा आज गरिएको परीक्षण उडान सफल भएको छ । नेपाल वायुसेवा निगमको ९ एन¬एबीयु विमानले आज ९ः०५ बजे परीक्षण उडान भरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
क्याप्टेन पेम्बा शेर्पाको नेतृत्वमा चालक दलका तीन सदस्यसहित १४ यात्रु लिएर उक्त विमान काँगेलडाँडा आएको र सोही सङ्ख्याको यात्रु लिएर काठमाडौँ फर्किएको प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए । विगत छ वर्षदेखि विमानस्थल बन्द हुँदा त्यहाँ कार्यरत प्राधिकरणका कर्मचारी अन्यत्र काजमा खटाइएको थियो । फाप्लु विमानस्थलका कर्मचारी परिचालन गरी आज परीक्षण उडान गरिएको बताइएको छ ।
नेपाल वायुसेवा निगम र थुलुङ दूधकोशी गाउँपालिकाबीच भएको सम्झौताअनुसार उडान सेवा शुरु भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । सम्झौताअनुसार प्रत्येक हप्ता मंगलबार उडान तालिका राखिएको छ । उडान भर्न आवश्यक १६ सिटको ग्यारेण्टी गाउँपालिकाले गर्नुपर्ने अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले रु १० लाख धरौटी रकम जम्मा गर्नुपर्नेछ भने यात्रु सङ्ख्या कम हुँदा नेपाल वायुसेवा निगमले सोही रकम कट्टा गरी लिनेछ ।
मौसमी विमानस्थल बन्द हुँदा सोलुखुम्बुको तल्लो र खोटाङका माथिल्लो क्षेत्रका नागरिकलाई समस्या हुँदै आएको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । सोही विषयलाई मध्यनजर राख्दै स्थानीय, प्रदेश र सङ्घीय सरकारको पहलमा पुनः उडान सेवा शुरु गरिएको अध्यक्ष राईको भनाइ छ । उडान नियमित हुँदा जिल्लाको तल्लो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आवागमनमा वृद्धि हुनका साथै स्थानीयवासीको आयस्रोतसमेत बढ्ने उनको विश्वास छ ।
उडान सेवा शुरु भएपछि यस क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा पहलकर्तालाई धन्यवाद दिँदै खुशी व्यक्त गरेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कात्तिक २१ गते सो विमानस्थलको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उहाँले मङ्सिर तेस्रो हप्तादेखि उडान सेवा शुरु गर्ने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार