सरकार स्थानीय तहगत शिक्षक दरबन्दी मिलान गर्दै
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार १:३९:५७
२ पुष, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान कार्य शुरु गरेको छ । मुलुक सङ्घीयतामा गएपछि विद्यालय शिक्षाको अधिकार स्थानीय तहको भएकाले पहिलो पटकका लागि केन्द्र सरकारले दरबन्दी मिलान गर्न लागेको हो ।
शिक्षक दरबन्दी ‘मिलान तथा व्यवस्थापन’ कार्यविधि– २०७६ का आधारमा शुरु गरिएको यस कार्यमा केही स्थानीय तहमा स्वीकृत मापदण्डका आधारमा बढी हुन आउने दरबन्दी थप हुन जाने स्थानीय तहमा पठाउने गरी सम्बन्धित शिक्षा, विकास तथा समन्वय एकाइको सिफारिससमेतका आधारमा दरबन्दी पठाइएको केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले जानकारी दिए ।
सरकारले दुई वर्षअघि पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा दरबन्दी मिलान तथा अध्ययन कार्यदल गठन गरेको थियो । नेपाल सरकार ‘मन्त्रिपरिषद्’ को गत भदौ ५ गतेको बैठकले साविकमा जिल्लागतरुपमा उपलब्ध गराइएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन ‘संशोधन सहित’ २०२८ को दफा ११ ‘५’ बमोजिम स्थानीय तहगतरुपमा एक पटकका लागि शिक्षा, विज्ञान मन्त्रालयबाट मिलान गर्ने गरी जिम्मेवारी दिएको थियो । यसरी समायोजना हुँदा हाल शिक्षक सरुवा हुने स्थिति नरहेको केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा
मंसिर १९, २०८१ बुधबार
पहिलो खेलमा जितपछि उत्साहित करण भन्छन् “चौका भन्दा छक्का हान्न मनपर्छ”
मंसिर १९, २०८१ बुधबार
विद्युतीय तार भूमिगत गरिँदै
मंसिर १९, २०८१ बुधबार
राष्ट्रिय प्रसारणमा जोडियो सुपर काबेलीको विजुली
मंसिर १९, २०८१ बुधबार
जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक
मंसिर १९, २०८१ बुधबार