गाउँमा प्रसूति सेवा आएपछि सुत्केरी हुने महिलालाई सहज
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १३:३९:३७
६ पुष, सिमकोट । दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ ।
जिल्लामा सुत्केरी व्यथा लागेर घरमै थला पर्ने र ज्यानै जानसक्ने अवस्थाको अन्त्य भएको छ । विगतका वर्षमा दूरदराजमा रहेका महिलामा सुत्केरी व्यथा लागेको बेला आफ्नो व्यक्तिगत खर्चमा जिल्ला बाहिर जानुपर्ने अवस्था अब हटेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा एयर लिफ्टिङको व्यवस्था गरी जिल्लामा सुत्केरी व्यथा लागेर जटिल समस्या आएकाको उपचार गर्दा समस्या समधान भएको छ । स्थानीय तहहरु विभाजनपछि यहाँका सातवटा गाउँपालिकाले आफ्नै स्वास्थ्य भवन र उपचारका लागि पनि स्वाथ्यकर्मी बढाएपछि हुम्ली जनतामा सहजता थपिँदै गएको छ ।
यसअघि परम्परागतरूपमा गाउँमै स्थानीय महिलामार्फत बाध्यताले सुत्केरी गराउने चलन थियो । त्यो सबै सफल भएको देखिँदैन थियो । यतिखेर हुम्लाको ताँजाकोटमा प्रसूति सेवा शुरु भएपछि महिलाहरूको त्यसतर्फ आकर्षण बढेको पाइएको छ । ताँजाकोट–२ का राजपुरा सुनारले सबै सुविधा हुने भएपछि प्रसूति सेवाप्रति गर्भवती महिलाको आकर्षण बढेको बताउनुभयो । प्रसूति सेवा सञ्चालनमा आएपछि हाल भत्ता पनि सोही ठाउँमै उपलब्ध हुने गरेको छ ।
स्वास्थ्यचौकीका इञ्चार्ज धनराज ढकालका अनुसार शुरुमा प्रसूति गृह सञ्चालनमा आउँदा यो ठाउँका महिला सुत्केरी गराउन लजाउने गर्थे, अहिले त्यो समस्या पनि हट्दै आएको छ । प्रसूति सेवा सञ्चालन भएलगत्तै एक वर्षमा १३० महिलाले प्रसूति सेवा लिएका छन् । प्रसूति सेवाका लागि विसं ०७७ साउन महिनायता मात्रै दुईजना अनमीको व्यवस्था गरिएको छ । उक्त सेवा शुरु भएपछि सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट महिलाको उद्धार गर्नुपर्ने अवस्थाको अन्त्य हुने स्थानीयवासीको विश्वास छ । गर्भवती महिला नियमित गर्भ जाँच गर्न आउने गरेको स्वास्थ्यचौकीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार